माघ १६ गते जनकपुरमा सभा गरेर कांग्रेसले चुनावी अभियान थाल्ने

नेपाली कांग्रेसले चुनावी अभियान मधेशबाट सुरु गर्ने भएको छ । पार्टीले माघ १६ गते जनकपुरमा प्रदेशस्तरीय बृहत् सभा आयोजना गरेर चुनावी अभियानको औपचारिक सुरुवात गर्ने भएको हो । जनकपुरमा हुने सभालाई सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्…

माघ १६ गते जनकपुरमा सभा गरेर कांग्रेसले चुनावी अभियान थाल्ने

नेपाली कांग्रेसले चुनावी अभियान मधेशबाट सुरु गर्ने भएको छ । पार्टीले माघ १६ गते जनकपुरमा प्रदेशस्तरीय बृहत् सभा आयोजना गरेर चुनावी अभियानको औपचारिक सुरुवात गर्ने भएको हो ।

जनकपुरमा हुने सभालाई सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । पार्टीले उपसभापति शर्मालाई चुनावी प्रचार-प्रसार समितिको संयोजकको जिम्मेवारी दिएको छ ।

सभाको तयारी तथा समन्वय केन्द्रीय तहबाट उपसभापति शर्माले गर्ने भएका छन् । मधेश प्रदेशमा हुने तयारीका विषयमा प्रदेश समिति स्तरमा छलफल हुन लागेको छ ।

मधेशका प्रचार संयोजक नितेशकुमार गुप्ताका अनुसार सभाको तयारीका लागि शनिबार प्रदेश समितिको बैठक बस्ने तय भएको छ । ‘प्रचार प्रसारलाई तयारीका लागि प्रदेश समितिको आज बैठक बस्दैछ,’ गुप्ताले भने, ‘माघ १६ गते हुने बृहत् सभामा लाखौँ मान्छे सहभागी हुन्छन्।’

कांग्रेस सभापति थापा सर्लाही-४ बाट उम्मेदवार बनेका छन् । यस पटकको निर्वाचनमा विभिन्न दलहरूले मधेशलाई केन्द्र बनाएर चुनावी गतिविधि तीव्र बनाएका छन् ।

यसअघि जनकपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि चुनावी सभा आयोजना गरेको थियो ।