निर्वाचन बहिष्कार गर्दै आएका विप्लवले गरे मतदान

काठमाडौँ– नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले १८ वर्षपछि मतदान गरेका छन्। रोल्पाको परिवर्तन गाउँपालिका ३ थुनिकोटस्थित बालशिक्षा मावि मतदान केन्द्रबाट उनले मतदान गरेका हुन्। यस केन्द्रमा पहिलो मतदाताका रुपमा उनले मतदान गरेका थिए। १० वर्षे सशस्त्र युद्ध रोकेर संसद छ…

निर्वाचन बहिष्कार गर्दै आएका विप्लवले गरे मतदान

काठमाडौँ– नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले १८ वर्षपछि मतदान गरेका छन्।

रोल्पाको परिवर्तन गाउँपालिका ३ थुनिकोटस्थित बालशिक्षा मावि मतदान केन्द्रबाट उनले मतदान गरेका हुन्। यस केन्द्रमा पहिलो मतदाताका रुपमा उनले मतदान गरेका थिए।

१० वर्षे सशस्त्र युद्ध रोकेर संसद छिर्न विप्लवले २०६४ सालमा मतदान गरेका थिए। त्यसपछि भएका तीन वटा निर्वाचनमा उनले भाग लिएका थिएनन्।