१०७ वर्षीय गणेशबहादुर रावतले गरे मतदान

दमौली(तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बन्केवा निवासी एक सय सात वर्षीय गणेशबहादुर रावतले आज मतदान गरेका छन् । तनहुँ क्षेत्र नम्बर २ अन्तर्गत निर्मल आधारभूत प्राथमिक विद्यालय, बन्केवा मतदान केन्द्रबाट रावतले मतदान गरेको हो । मतदानपछि उनले आफ्नो मताधिकार प्रयोग गर्न पाउँदा…

१०७ वर्षीय गणेशबहादुर रावतले गरे मतदान

दमौली(तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बन्केवा निवासी एक सय सात वर्षीय गणेशबहादुर रावतले आज मतदान गरेका छन् ।

तनहुँ क्षेत्र नम्बर २ अन्तर्गत निर्मल आधारभूत प्राथमिक विद्यालय, बन्केवा मतदान केन्द्रबाट रावतले मतदान गरेको हो ।

मतदानपछि उनले आफ्नो मताधिकार प्रयोग गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिए ।