कमल पौडेल,खर्वाङ । बडिगाड गाउँपालिका वडा नं. २ मा मदिराको कारण घरेलु हिंसा बढेको भन्दै घरेलु मदिरा नियमन गर्न प्रहरी सहित जनप्रतिनिधि तथा स्थानीयहरु अग्रसर देखिन थालेका छन् । यसै विच शुक्रवार साविक दगातुन्डाडा गाविस वडा नं. ६ मा क्रियाशिल आमा समुह, दिपज्योती युवा परिवार, स्थानिय सहितको सक्रियतामा प्रहरी, जनप्रतिनिधि सहितको टोलीले आफ्नो सिमा क्षेत्र भित्रका सवै होटल, भट्टी, तथा मदिरा उत्पादन गर्ने सवै घरहरुमा अनुगमन गरेको छ ।
प्रहरी चौकी खर्वाङका प्रमुख प्रहरी सहायक निरिक्षक गुरु प्रसाद न्यौपाने नेतृत्वको प्रहरी सहितको टोलीले अनुगमन गर्दा झण्डै ४ सय लिटर घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ बरामद गरि नष्ट गरेको छ । प्रहरी चौकी खर्वाङ अन्तरगत बडिगाड गाउँपालिकाको वडा नं. १ दगा तुन्डाडा, वडा नं. २ खर्वाङ, वडा नं. ३ सिसाखानी तथा गल्कोट नगरपालिकाको वडा नं. ११ रिघा क्षेत्रमा समेत अनुगमनलाई थप प्रभावकारी बनाउने र वडा नं. २ को अनुगमन वाँकी रहेका खर्वाङको बाँकी बजार क्षेत्र, दनिया, जिमि, सक्न्यार लगाएतका क्षेत्रमा तत्कालै अनुगमन गरिने प्रहरीले जनाएको छ ।
यता साविक वडा नं. ६ मा रहेको हाडिखोला, गिरिङ्दी, सिमलचौर, गहते लगाएतका क्षेत्रमा बाहिरबाट मदिरा आएको भन्दै स्थानिय आमा समुह, युवा परिवार तथा स्थानियले मदिरा बेचविखन नगर्न आग्रह गरेका छन् । कोरोना भाइरसको कारण देश नै बन्दाबन्दिको अवस्थामा रहेको बेला मदिराको अवैध उत्पादन तथा बेचविखनले घरेलु हिँसा बढेकोले यसको नियमन गर्न लागिएको वडा सदस्य सुर्य बहादुर अधिकारीले जानकारी दिनुभएको छ ।
युवाहरु समेत कुलतमा फसिरहेकोले युवाहरुको संयुक्त प्रयासमा मदिरा नियमनको लागि अभियान सुरु गरिएको दिपज्योती युवा परिवारका अध्यक्ष होमनाथ खरेलले बताउनु भएको छ ।
मदिराले घरेलु हिंसा बढेको भन्दै नियन्त्रणमा खर्वाङ प्रहरी सक्रिय !
कमल पौडेल,खर्वाङ । बडिगाड गाउँपालिका वडा नं. २ मा मदिराको कारण घरेलु हिंसा बढेको भन्दै घरेलु मदिरा नियमन गर्न प्रहरी सहित जनप्रतिनिधि तथा स्थानीयहरु अग्रसर देखिन थालेका छन् । यसै विच शुक्रवार साविक दगातुन्डाडा गाविस वडा नं. ६ मा क्रियाशिल आमा समुह, दिपज्योती युवा परिवार, स्थानिय…
