रास्वपाले टुंग्यायो ५७ समानुपातिक सांसद, खसआर्य १७, जनजाति १६, मधेशी ९

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सूचीमा परेका ५७ जनाको नाम टुंग्याएको छ। ती नाम आइतबार नै निर्वाचन आयोगमा पठाउने निर्णय बैठकले गरेको छ। अहिले बसेको पार्टी सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रवक्ता मनिष झाले बताए । झाका अनुसार विधानले माग गरे बमोजिम ४८ जना महिला र…

रास्वपाले टुंग्यायो ५७ समानुपातिक सांसद, खसआर्य १७, जनजाति १६, मधेशी ९

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सूचीमा परेका ५७ जनाको नाम टुंग्याएको छ। ती नाम आइतबार नै निर्वाचन आयोगमा पठाउने निर्णय बैठकले गरेको छ।

अहिले बसेको पार्टी सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रवक्ता मनिष झाले बताए । झाका अनुसार विधानले माग गरे बमोजिम ४८ जना महिला र ९ जना पुरुष पठाउने निर्णय गरेको छ ।

पार्टी सचिवालयको निर्णय अनुसार निर्वाचन आयोगलाई सूचीमा रहेका जम्मा ५७ जना प्रस्तावित समानुपातिक सांसदहरूका नामावली बुझाउन लागिएको हो ।

कुन समूहबाट कति ?

खसआर्यबाट : १७ जना
आदिवासी जनजाति : १६ जना
मधेशी : ९ जना
दलित : ८ जना
थारु : ४ जना
मुस्लिम : ३ जना