काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य ओशो उपवन पोखरा पुग्नुभएको छ।

सन् २००२ मा उहाँले ओशोको दिक्षा लिनुभएको थियो । उहाँलाई बोधिसत्व स्वामी आनन्द अरुणले ‘स्वामी ध्यान आशिष’ नाम प्रदान गर्नुभएको थियो ।

दक्षिण एसियाकै उत्कृष्ट इन्जिनियरमध्ये एक मानिने शाक्यले ओशो उपवनमा पुगेर शनिवार (फागुन ३० गते) ध्यानमा समय बिताउनुभएको छ । उहाँका अनुसार ध्यान, अनुशासन र आत्मचिन्तनले व्यक्तिको सोच र निर्णय क्षमतालाई सुदृढ बनाउँछ। यही आन्तरिक साधना र एकाग्रताले नै उहाँलाई आफ्नो पेशागत क्षेत्रमा उत्कृष्टता हासिल गर्न प्रेरित गरेको देखिन्छ।

प्राविधिक दक्षता मात्र होइन, आत्मअनुशासन, गहिरो चिन्तन र निरन्तर साधनाले नै कुनै व्यक्तिलाई असाधारण बनाउने आधार तयार गर्छ भन्ने कुरा शाक्यको जीवन यात्राले पनि संकेत गरेको छ ।
