बडिगाडले उद्धार गर्न थालेपछि अन्य पालिकाका नागरिकको चित्कार : हामीलाई पनि गाउँ लैजानुहोस्

जीवन पाण्डे,बाग्लुङ । जिल्लाको बडिगाड गाउँपालिकाले बन्दाबन्दीले प्रभावित बनी भारतका विभिन्न ठाउँमा अलपत्र परेका आफ्ना नागरिकलाई उद्धार गर्न सुरु गरेसगैं अन्य पालिकाका नागरिकहरुले पनि आफुहरुलाई गाउँ लैजान अनुरोध गरेका छन् । विगत ३ दिन यता बडिगाड गाउँपालिकाले भारतमा रहेका नागरिकहरु…

बडिगाडले उद्धार गर्न थालेपछि अन्य पालिकाका नागरिकको चित्कार : हामीलाई पनि गाउँ लैजानुहोस्
जीवन पाण्डे,बाग्लुङ । जिल्लाको बडिगाड गाउँपालिकाले बन्दाबन्दीले प्रभावित बनी भारतका विभिन्न ठाउँमा अलपत्र परेका आफ्ना नागरिकलाई उद्धार गर्न सुरु गरेसगैं अन्य पालिकाका नागरिकहरुले पनि आफुहरुलाई गाउँ लैजान अनुरोध गरेका छन् । विगत ३ दिन यता बडिगाड गाउँपालिकाले भारतमा रहेका नागरिकहरुको उद्धार गर्न थाले पछि अन्य पालिकाका नागरिकहरुले आफुहरुलाई सोही गाडीमा व्यवस्थापन गरेर लैजान आग्रह गर्दै फोन गर्न थालेको गाउँपालिकाका स्वास्थ्य सह सयोंजक चुरामणी कडेंलले जानकारी दिनुभयो । गल्कोट नगरपालिका, ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाका नागरिकहरुले पनि आफुहरुलाई उद्धार गर्न आग्रह गर्दै फोन गरेको उहाँले बताउनुभयो । भारतले लकडाउन गरेसगैं बेरोजगार बनेका उनीहरुलाई दैनिक जीवन यापन गर्न समेत कठिनाई भईरहेको र तत्काल उद्धार नगरिए आफुहरुको अवस्था झनै द`यनीय हुँदै जाने हाल भारतमा रहेका निशीखोलाका एक व्यक्तिले बडिगाड अनलाईनसगं बताए । आज भारतबाट नेपाल आउँदै गर्नुभएका बडिगाड गाउँपालिकाका हिरा पाईजाले आफुहरु गाउँ आएपनि अन्य साथीहरु भने निकै पी*डित अवस्थामा रहेको बताउनुभयो । बिहान बेलुका खाना खान समेत अफ्ठ्यारो स्थितिमा आफ्ना साथीहरु रहेको र आफु गाउँमा फर्किन पाएपनि ती साथीहरुको चिन्ताले सताएको उहाँले बडिगाड अनलाईनसगं कुरा गर्दै बताउनुभयो । १ सय ३० जना भन्दा धेरै बाग्लुङका व्यक्तिहरु सुनौली नाकामा आएर अलपत्र परेको सुनौलीमा रहनुभएका पाईजाले बताउनुभयो । सुनौलीमा धेरै दिन अलपत्र अवस्थामा बस्दा कोरोनाको झनै जोखिम हुने भएकाले सम्बन्धित पालिकाले छिट्टै नै उहाँहरुको उद्धार गर्नुपर्ने धारणा पाईजाको छ । बडिगाड गाउँपालिकाकै नागरिकहरुलाई भित्राउन समस्या भएको समयमा अन्य पालिकाका नागरिकहरुले उद्धारका लागि अनुरोध गर्नु स्वभाविक भएपनि उद्धार गर्न भने सम्भव नभएको स्वास्थ्य सह सयोंजक कडेंलले जानकारी दिनुभयो । अन्य पालिकाहरुले पनि भारतमा अलपत्र परेकाहरुलाई उद्धार गर्न पहल गर्नुपर्ने उहाँको धारणा छ । जिल्ला प्रशासन कार्यालय बाग्लुङले भारतका विभिन्न स्थानमा रहेका र बोर्डरमा आएर अलपत्र परेकाहरुको उद्धार गर्न आग्रह गरेसगै आफुहरुले उद्धार थालेको पोखरेलले बताउनुभयो । शनिवार मात्रै बडिगाड गाउँपालिकामा ५४ जना नागरिक पालिकामा भित्रदै छन् । उनीहरुलाई पालिकाका विभिन्न क्वारेन्टाईनमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको रोहवरमा राखिने बताईएको छ । पालिकामा झण्डै १ हजार नागरिक भारतबाट आउने आकलन गरिएको छ ।