अबको पाँच दिनसम्म इरानी पूर्वाधारमा हमला नगर्ने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनाव कम गर्नका लागि व्यापक सैन्य आक्रमणको योजनालाई तत्कालका लागि स्थगित गर्ने घोषणा गरेका छन् । आफ्नै स्वामित्वको सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले पछिल्ला दुई दिनमा अमेरिका र इरानबीच मध्यपूर्वमा जारी शत्रुता…

अबको पाँच दिनसम्म इरानी पूर्वाधारमा हमला नगर्ने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनाव कम गर्नका लागि व्यापक सैन्य आक्रमणको योजनालाई तत्कालका लागि स्थगित गर्ने घोषणा गरेका छन् । आफ्नै स्वामित्वको सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले पछिल्ला दुई दिनमा अमेरिका र इरानबीच मध्यपूर्वमा जारी शत्रुता अन्त्य गर्ने विषयमा निकै सकारात्मक र फलदायी कुराकानी भएको जानकारी दिए ।

उनले इरानका पावर प्लान्ट र ऊर्जा पूर्वाधारमा हुने भनिएका सबै सैन्य हमलालाई पाँच दिनका लागि रोक्न निर्देशन दिएको जनाएका छन् । अहिले दुवै पक्षबीच भइरहेको गम्भीर र विस्तृत छलफलका आधारमा आफूले इरानका पावर प्लान्ट र ऊर्जा पूर्वाधारमा हुने भनिएका सबै सैन्य हमलालाई पाँच दिनका लागि रोक्न निर्देशन दिएको ट्रम्पको भनाइ छ ।

यसअघि उनले ४८ घण्टाभित्र इरानले होर्मुज जलडमरु नखोले त्यहाँका ऊर्जा केन्द्रहरूमा हमला गर्ने चेतावनी दिएका थिए । त्यसको जवाफमा इरानले पनि आफूमाथि हमला भए पश्चिम एसियाका ऊर्जा केन्द्र र अन्य संवेदनशील पूर्वाधारमा कडा जवाफी कारबाही गर्ने चेतावनी दिएपछि विश्वभर चिन्ता बढेको थियो ।

यो अवधिमा हुने वार्ताको सफलताका आधारमा आगामी कदम चालिने उनले स्पष्ट पारेका छन् । जारी वार्ता यसै हप्ताभरि चल्ने र यसले दुई देशबीचको तनावलाई पूर्ण रूपमा समाधान गर्ने अपेक्षा गरिएको छ ।