सांसद सोम शर्माको पहलमा बागलुङ-२ का दुर्गम क्षेत्रहरूमा सञ्चारको सेवा सुधार हुँदै

नवनिर्वाचित सांसद सोम शर्माले बागलुङ–२ का दुर्गम क्षेत्रहरूमा मोबाइल नेटवर्क र इन्टरनेट पहुँच सुधारको लागि पहल सुरु गरेका छन्। शर्माले आज नेपाल टेलिकमकी कार्यकारी निर्देशक रीना डंगोलसँग भेटेर ध्यानाकर्षण पत्र बुझाएका छन्। पत्रमा सांसद शर्माले फोरजी (4G) सेवा विस्तार, नेटवर्क मर्म…

सांसद सोम शर्माको पहलमा बागलुङ-२ का दुर्गम क्षेत्रहरूमा सञ्चारको सेवा सुधार हुँदै

नवनिर्वाचित सांसद सोम शर्माले बागलुङ–२ का दुर्गम क्षेत्रहरूमा मोबाइल नेटवर्क र इन्टरनेट पहुँच सुधारको लागि पहल सुरु गरेका छन्।

शर्माले आज नेपाल टेलिकमकी कार्यकारी निर्देशक रीना डंगोलसँग भेटेर ध्यानाकर्षण पत्र बुझाएका छन्। पत्रमा सांसद शर्माले फोरजी (4G) सेवा विस्तार, नेटवर्क मर्मत र नयाँ BTS टावर जडानका लागि तत्काल कदम चाल्न अनुरोध गरेका छन्।

पत्र अनुसार, तमानखोला गाउँपालिका–बोगाखानी, बोङ्गादोभान, भित्रीवन, नजाखानी, बडिगाड–दाङ, भिरकटेरा, जलजला र क़दम क्षेत्रहरूमा हाल फोरजी सेवा अवरुद्ध छ र प्राविधिक टोली खटाएर मर्मत आवश्यक छ।

साथै, निसीखोला गाउँपालिका–सिप र याङजेङ (वडा नं. ४ र ५), ढोरपाटन नगरपालिका–बुकीपाटन र चिरबाङ क्षेत्रमा सञ्चार पहुँच विस्तार गर्न नयाँ BTS टावर र पूर्वाधार निर्माणको माग गरिएको छ। विशेष समन्वय आवश्यक क्षेत्रहरूमा गुर्जाघाट (ढोरपाटन शिकार आरक्ष) र लुकुरबन रहेका छन्।

सांसद शर्माले भने, "यस क्षेत्रका नागरिकहरूको सूचना पहुँच सुनिश्चित गर्न र ग्रामीण भेगको समग्र विकासका लागि यी मागहरूलाई प्राथमिकतामा राखी बजेट र जनशक्ति परिचालन गर्न आवश्यक छ।"

आफ्नो आग्रहअनुसारको काम तत्काल अघि बढिसकेको उनले जानकारी गराएका छन् ।

सांसद शर्माको पहलसँगै बागलुङ–२ का ग्रामीण भेगका नागरिकहरूले अब सञ्चारको असुविधाबाट उन्मुक्ति पाउने अपेक्षा गरिएको छ। स्थानीय बासिन्दाले नेटवर्क विस्तारसँगै शिक्षा, स्वास्थ्य, व्यवसाय र आपतकालीन सेवामा सहज पहुँच हुने विश्वास व्यक्त गरेका छन्।