सुरक्षित भेटियो सम्पर्कविहीन मुस्ताङ एयरको हेलिकप्टर

शुक्रबार मध्याह्नदेखि दोलखाको लाप्चा क्षेत्रमा सम्पर्कविहीन मुस्ताङ एयरको हेलिकप्टर सुरक्षितभेटिएको छ । मुस्ताङ एयरका प्रबन्ध निर्देशक रोनान लामिछानेले हेलिकप्टर दोलखाको लाप्चामा सुरक्षित फेला परेको जानकारी दिए । उक्त हेलिकप्टर क्याप्टेन सुरज थापाले उडाएका थिए । दोलखाको लाप्चा क्…

सुरक्षित भेटियो सम्पर्कविहीन मुस्ताङ एयरको हेलिकप्टर

शुक्रबार मध्याह्नदेखि दोलखाको लाप्चा क्षेत्रमा सम्पर्कविहीन मुस्ताङ एयरको हेलिकप्टर सुरक्षितभेटिएको छ ।

मुस्ताङ एयरका प्रबन्ध निर्देशक रोनान लामिछानेले हेलिकप्टर दोलखाको लाप्चामा सुरक्षित फेला परेको जानकारी दिए ।

उक्त हेलिकप्टर क्याप्टेन सुरज थापाले उडाएका थिए । दोलखाको लाप्चा क्षेत्र लाङटाङको दक्षिण-पूर्वमा पर्छ । लाप्चा आइपुगेपछि हेलिकप्टर सम्पर्कविहीन भएको थियो ।

क्याप्टेन थापाले उडाएको मुस्ताङ एयरको दर्ता नम्बर ‘९एन-एएनओ’ हेलिकप्टरमा चार यात्रु थिए ।