कमल पौडेल खर्वाङ । बडिगाड गाउँपालिकामा भारतवाट फर्किएका ८० जनालाई क्वारेन्टाइनामा राखिएको छ। बडिगाड गाउँपालिका वडा नं. २ को त्रिभुवन नमुना माविमा ३८ जना र वडा नं. ५ को भानु माविमा ४० जनालाई क्वारेन्टाइनमा राखिएको बडिगाडका सि.आइ.सि.टि.टि.संयोजक चुरामणि कँडेलले जानकारी दिनुभएको छ ।
आज विहान आएका २ जनालाई बुद्ध मावि खालमा पठाउने तयारी भैरहेको कँडेलले बताउनु भएको छ। गाउँपालिकाले भारतमा रहेका र समस्यामा परेर नेपाल आउन चाहेका आफ्ना नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ। कतिपय पूर्व सुचना विना नेपाल आउँदा व्यवस्थापनमा समस्या हुने गरेको गाउँपालिकाले जनाएको छ। बडिगाड गाउँपालिकाले पालिका भित्रका ५ सय जनालाई क्वारेन्टाइनमा राख्ने गरि व्यवस्थापन गरिरहेको छ।
गाउँपालिकाले नै व्यवस्थापन गर्ने गरि मध्यपहाडि लोकमार्ग नजिकका विद्यालयहरुलाई क्वारेन्टाइन स्थलको रुपमा विकास गरिरहेको छ। गाउँपालिकाले भारत लगाएत बैदेशिक रोजगारीमा रहेका नागरिकहरुको सुचना संकलन गरि समन्वय गर्न वडा नं. ७ का अध्यक्ष कृष्ण गुरुङको संयोजकत्वमा राजन पाइजा तथा सुचना प्रविधि अधिकृत निसान अधिकारी रहेको द्रुत समन्वय समितिको गठन गरेको छ भने जोखिममा रहेका नागरिकको व्यवस्थापन, सुचना संकलन तथा कन्ट्रयाक्ट ट्रेसिङ गर्न बडिगाड स्वास्थ्य शाखा उपसंयोजक चुरामणि कँडेलको संयोजकत्वमा, भिमगिठे स्वास्थ्य चौकी इन्चार्ज दिपेन्द्र केसि र बडिगाडका ल्याव टेक्निसियन अनिता थापा रहेको सि.आइ.सि.टि.टि.को निर्माण गरि काम अगाडि बढाएको छ।
समस्यामा परेका गाउँपालिका भित्रका सवै नागरिकले सम्पर्क गर्न र समन्वयमामात्रै गाउँपालिका आउन सवैमा गाउँपालिकाले आग्रह गरेको छ। बाहिर बाट आउने नागरिकको व्यवस्थापनमा गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजा सहितको सिँगो टिम फिल्डमै खटिरहेको छ । गाउँपालिकाकै खर्चमा क्वारेन्टाइन व्यवस्थापन तथा मेस मार्फत खाने वस्ने व्यवस्था गरिएको छ। गाउँपालिकाको कामलाइ स्थानियहरुले समेत सघाएका छन्।
यसै विच बडिगाड गाउँपालिका वडा नं. ५ निवासी विष्णु प्रसाद आचार्यले सनिवार १० हजार नगद सहित क्वारेन्टाइनमा जाँदै गरेका नागरिकलाई पानी सहयोग गर्नुभएको छ। सहयोग गर्न चाहने महानुभावले गाउँपालिकाको राहत कोषमा रकम जम्मा गर्न सक्ने गाउँपालिकाले जनाएको छ। यस्तै आइतवार विहान ३ बजे खर्वाङ हाँडिखोला नाकामा आएका २ वस यात्रुहरु मध्य गल्कोट नगरपालिकाको २५ जना, बरेङ गाउँपालिकाको १ जना तथा ढोरपाटन नगरपालिकाको ५५ जनालाई पठाइएको प्रहरी चौकी खर्वाङका इन्चार्ज गुरुप्रसाद न्यौपानेले जानकारी दिनुभएको छ।
त्यस्तै बागलुङ नगरपालिकाका ३ जना, काठेखोला गाउँपालिकाका ३ जना, गल्कोट नगरपालिकाका १ जना तथा म्याग्दीको रघुगंगा गाउँपालिकाका ३ जना, धौलागिरि गाउँपालिकाका ३ जना र बेनी नगरपालिकाका २ जना गरि १५ जनालाई खर्वाङमा अस्थायी रुपमा राखीएको छ। राति आएका उनिहरुलाई स्थानिय सरकार संग समन्वय गरि पठाउन खोजीएको तर सम्बन्धित पालिकाहरुले गाडि नपठाएका कारण पठाउन नसकेको प्रहरीले जनाएको छ।
म्याग्दीका पालिकाले नागरिक लिन गाडि पठाएपनि आएको गाडिले यात्रु नवोकी फर्किएको छ। पालिकाले जाँच भएका नागरिक लिन भनि पठाएको तर पिसिआर जाँच नभएका यात्रु भएपछि नलैजाने भन्दै गाडि रित्तै फर्किएको प्रहरीले जनाएको छ।
बडिगाडको टिम भारतबाट आएकाको उद्धारमा रातारात खटेर काम गर्दै : क्वारेन्टाइनमा ८० जना पुगे !
कमल पौडेल खर्वाङ । बडिगाड गाउँपालिकामा भारतवाट फर्किएका ८० जनालाई क्वारेन्टाइनामा राखिएको छ। बडिगाड गाउँपालिका वडा नं. २ को त्रिभुवन नमुना माविमा ३८ जना र वडा नं. ५ को भानु माविमा ४० जनालाई क्वारेन्टाइनमा राखिएको बडिगाडका सि.आइ.सि.टि.टि.संयोजक चुरामणि कँडेलले जानकारी दिनुभएको छ ।…
