कस्तो छ ओलीको स्वास्थ्य ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा थप समस्या देखिएको छ । त्रिवि शिक्षण अस्पतालले जारी गरेको विज्ञप्तिमा ओलीलाई मधुमेह, उच्च रक्तचाप र थाइराइड जस्ता पुराना समस्याका साथै पित्तथैलीमा पत्थरी समेत देखिएको उल्लेख छ । ओलीलाई अस्पतालको 'एनेक्स १' भवनको बेड नम्बर ५०१ मा र…

कस्तो छ ओलीको स्वास्थ्य ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा थप समस्या देखिएको छ ।

त्रिवि शिक्षण अस्पतालले जारी गरेको विज्ञप्तिमा ओलीलाई मधुमेह, उच्च रक्तचाप र थाइराइड जस्ता पुराना समस्याका साथै पित्तथैलीमा पत्थरी समेत देखिएको उल्लेख छ ।

ओलीलाई अस्पतालको 'एनेक्स १' भवनको बेड नम्बर ५०१ मा राखेर उपचार गरिएको छ ।

प्रहरीले शनिबार बिहान भक्तपुरस्थित निवासबाट ओलीलाई नियन्त्रणमा लिएपछि स्वास्थ्य परीक्षणका लागि अस्पताल पुर्‍याएको थियो ।

चिकित्सकको सल्लाहअनुसार उनलाई थप निगरानीका लागि अस्पतालमै राखिएको हो ।