कमल पौडेल, ०२ मंसिर २०७६, बडिगाड बागलुङ, नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य देवेन्द्र पौडेलले सवै नेपालीको एउटै चाहना समृद्धि रहेको बताउनु भएको छ। आज बडिगाड गाउँपालिका ५, खार बजारमा पौंदि न्वागी मेलाको उद्घाटन गर्दै बागलुङ क्षेत्र नं. २ को साँसद समेत रहनुभएका पौडेलले जिल्लाको पश्चिम बासी सवैको एक सुत्रिय माग सदरमुकाम देखि घोडावाँधे सम्मको सडक रहेको भन्दै आफ्नो पनि मुख्य चासो सोहि सडक भएको दावी गर्नुभएको थियो। सांसद पौडेलले बडिगाडका रणसिंह, दर्लिङ, शिसाखानी लगाएतका क्षेत्रको सडक पूर्वाधार, बडिगाड तटवन्ध लगाएतका माग सम्बोधन भैरहेको र थप सम्बोधन हुने बताउनु भएको थियो। न्वाग स्थानीय पर्व भएको र यसको पहिचान राष्ट्रिय स्तरमा भैरहेको भन्दै संस्कृति देशकै पहिचान भएको बताउनु भएको थियो।
कार्यक्रममा न्वागी मेलाको अवसरमा दोश्रो गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगीता संगै खुल्ला भलिवल प्रतियोगीता, खुल्ला साँस्कृतिक कार्यक्रम, खुल्ला एकल रेकर्ड नृत्य प्रतियोगीता, खुल्ला दोहोरी गित प्रतियोगीता, महिलाहरुको म्यूजिकल चेयर रेश प्रतियोगीता, शैक्षिक प्रदर्शनी, खुल्ला वडा स्तरीय पुरुष लुठो तान प्रतियोगिता, खुल्ला सरायँ नृत्य प्रतियोगिता, कृषि प्रदर्शनी, रमाइलो मेला, सर्कस पिङ लगाएतका कार्यक्रम आयोजना गरिएको छ। मेला मंसिर ६ गते सम्म चल्नेछ। उद्घाटन कार्यक्रम पौंदि न्वागी मेला तथा संस्कृति संरक्षण समितिका अध्यक्ष कलाधर घिमिरेको अध्यक्षता, उपाध्यक्ष कमलराज आचार्यको स्वागत मन्तव्य तथा सचिव विष्णु प्रसाद आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो। अहिले रेकर्ड नृत्य प्रतियोगिता चलिरहेको साँस्कृतिक संयोजक टिका पाइजाले जानकारी दिनुभएको छ। कार्यक्रममा राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुती रहने आयोजकले जनाएको छ। यस क्षेत्रकै सर्वाधिक राशि १ लाख २ हजार २ सय २२ पुरस्कार रहेको खुल्ला पुरुष भलिवल प्रतियोगीता मेलाको आकर्षण रहनेछ। जसको उपविजेताले ६६ हजार ६ सय ६६ हात पार्ने छ। यसै विच आज विहान ९ वजेर २९ मिनेटको साइतमा न्वागी खाइएको छ।
सवै नेपालीको चाहना समृद्धि रहेको नेकपा स्थायी कमिटि सदस्य तथा साँसद पौडेलको दावी।।
कमल पौडेल, ०२ मंसिर २०७६, बडिगाड बागलुङ, नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य देवेन्द्र पौडेलले सवै नेपालीको एउटै चाहना समृद्धि रहेको बताउनु भएको छ। आज बडिगाड गाउँपालिका ५, खार बजारमा पौंदि न्वागी मेलाको उद्घाटन गर्दै बागलुङ क्षेत्र नं. २ को साँसद समेत रहनुभएका पौडेलले जि…
