काठमाडौँका पूर्वसीडीओ रिजाल हाजिरी जमानीमा रिहा

काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल हाजिरी जमानीमा रिहा भएका छन् । अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई मंगलबार बिहान सुविधानगरबाट पक्राउ गरेको थियो । जेन–जी घटनासम्बन्धी जाँचबुझ आयोगको सिफारिसका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । गत २३ र २४ भदौमा ठूलो मानव…

काठमाडौँका पूर्वसीडीओ रिजाल हाजिरी जमानीमा रिहा

काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल हाजिरी जमानीमा रिहा भएका छन् ।

अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई मंगलबार बिहान सुविधानगरबाट पक्राउ गरेको थियो । जेन–जी घटनासम्बन्धी जाँचबुझ आयोगको सिफारिसका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

गत २३ र २४ भदौमा ठूलो मानवीय क्षति हुने गरी भएको विद्रोहका बेला रिजाल जिल्ला प्रशासन कार्यालय काठमाडौंको नेतृत्वमा थिए ।

रिजाललाई बोलाएको समयमा उपस्थित हुनेगरी रिहा गर्ने निर्णय गरिएको जिल्ला प्रहरी परिसरले जनाएको छ ।