साइकल चढेर संसद् भवन पुगे रास्वपा सांसद गजुरेल

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद आशिष गजुरेल प्रतिनिधि सभाको निर्वाचनपछिको पहिलो बैठकमा सहभागी हुन साइकल चढेर संघीय संसद् भवन पुगेका छन्। गजुरेल सार्वजनिक यातायात पूर्वाधारका विज्ञ पनि हुन्। उनले सम्भव भएसम्म पैदल हिँड्न वा सार्वजनिक यातायात प्रयोग गर्न सुझा…

साइकल चढेर संसद् भवन पुगे रास्वपा सांसद गजुरेल

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद आशिष गजुरेल प्रतिनिधि सभाको निर्वाचनपछिको पहिलो बैठकमा सहभागी हुन साइकल चढेर संघीय संसद् भवन पुगेका छन्।

गजुरेल सार्वजनिक यातायात पूर्वाधारका विज्ञ पनि हुन्। उनले सम्भव भएसम्म पैदल हिँड्न वा सार्वजनिक यातायात प्रयोग गर्न सुझाव दिएका छन्। सांसदको यो गतिविधि सार्वजनिक भएको फोटोमा उनी दौरा-सुरुवाल लगाएर माउन्टेन बाइक चढेर सिंहदरबार पुगेको देखाइएको छ।