स्वामी ध्यान एकान्तले जापानमा ध्यान शिविर गर्दै

इन्टरनेशनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप नेपालका महासचिव तथा ओशो तपोवन इन्टरनेशनल कम्युनका ओशो शिष्य स्वामी ध्यान एकान्त (गिरीबहादुर सुनार)ले जापानमा ध्यान शिविर सञ्चालन गर्नुहुने भएको छ । आगामी अप्रिल १९ र २२ तारिखमा उक्त कार्यक्रम आयोजना हुने बताइएको छ। बोधीसत्व स्वाम…

स्वामी ध्यान एकान्तले जापानमा ध्यान शिविर गर्दै

इन्टरनेशनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप नेपालका महासचिव तथा ओशो तपोवन इन्टरनेशनल कम्युनका ओशो शिष्य स्वामी ध्यान एकान्त (गिरीबहादुर सुनार)ले जापानमा ध्यान शिविर सञ्चालन गर्नुहुने भएको छ ।

आगामी अप्रिल १९ र २२ तारिखमा उक्त कार्यक्रम आयोजना हुने बताइएको छ।

बोधीसत्व स्वामी आनन्द अरुणको निर्देशनमा तथा बिहुनकोट समाज जापानको आयोजनामा हुने यस कार्यक्रममा जापानमा रहेका नेपालीहरूमा देखिने तनाव, चिन्ता र मानसिक असन्तुलन कम गर्न सहयोग पुर्‍याउने उद्देश्य राखिएको छ।

कार्यक्रमका क्रममा सहभागीहरूले नेटवर्किङ, आइसब्रेकर, तनाव व्यवस्थापन अभ्यास, वैज्ञानिक आधारमा तयार पारिएका ध्यान विधिहरू, समूह छलफल, निर्देशित ध्यान तथा आत्म–प्रतिबिम्ब जस्ता अनुभवात्मक सत्रहरूमा सहभागिता जनाउने छन्।

त्यसैगरी, स्वामी ध्यान एकान्त नेपाली टोलीको नेतृत्व गर्दै आगामी अप्रिल २४ देखि २६ तारिखसम्म जापानको ओसाका–सकाईस्थित ओहामा एरिनामा आयोजना हुने २२ औं वाटा ओपन इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिप २०२६ मा समेत सहभागी हुने कार्यक्रम रहेको छ।