सर्वोच्च अदालतको आदेशमा रिहा भएका पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वऊर्जामन्त्री दीपक खड्कालाई पुनः पक्राउ गर्ने तयारी थालिएको छ ।
गृहमन्त्री सुधन गुरुङले कानुनी प्रक्रिया र अदालतको आदेशबारे विस्तृत अध्ययनका लागि ८ जना कानुन व्यवसायी संलग्न गराई थप विश्लेषण अघि बढाइएको जानकारी दिएका छन् ।
गुरुङले बिहीबार पत्रकारहरूसँगको भेटमा आवश्यक कानुनी आधार अध्ययनपछि प्रक्रिया अगाडि बढाउने संकेत गरेका छन् । उनले “गन्ती नरोकिने” भन्दै थप अनुसन्धान सहित तीव्र रूपमा गुडमनिङ भन्दै गन्ती बढाउने बताएका छन् ।
२३ र २४ भदौको घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न भन्दै प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो । तर, अदालतलको आदेशपछि उनीहरू छुटेका थिए ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वमन्त्री दिपक खड्का समेत अदालतको आदेशमा छुटेका थिए ।
