प्रचण्ड भन्छन्- कुर्सीमा बस्दा हामीभित्र फोहोर जम्मा हुँदै गएको थियो, जनताले सवक सिकाए

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूहरू सत्तामा रहँदा गरेको कमजोरी र विकृतिको सजाय जनताले निर्वाचनमार्फत दिएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा बुधवार आयोजित कार्यक्रममा उनले जनताले सुध्रिने अवसर दिएको बताए । उनले सत्तामा रहँदा पार्टी…

प्रचण्ड भन्छन्- कुर्सीमा बस्दा हामीभित्र फोहोर जम्मा हुँदै गएको थियो, जनताले सवक सिकाए

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूहरू सत्तामा रहँदा गरेको कमजोरी र विकृतिको सजाय जनताले निर्वाचनमार्फत दिएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा बुधवार आयोजित कार्यक्रममा उनले जनताले सुध्रिने अवसर दिएको बताए ।

उनले सत्तामा रहँदा पार्टीभित्र फोहोर थुप्रिँदै गएको स्वीकार गरे । उनले जनताले घृणा गरेको नभई फोहोर जम्मा भएकोले नुहाईधुवाई गरेर फर्कन सवक सिकाएको उल्लेख गरे । उनकाअनुसार हाल देखिएको राजनीतिक धक्कालाई गम्भीर आत्मसमीक्षा गरेर सुधारको अवसरका रूपमा लिनुपर्ने बताए । यी अनुभवबाट पाठ सिकेर अगाडि बढ्न सके कम्युनिष्ट आन्दोलन अझ सुदृढ हुने उनको भनाई छ ।

उनले कम्युनिस्टहरूमा गल्ती स्वीकार गर्ने र सुर्धान सक्ने क्षमता रहेको बताए ।