सेनाले किन लियो सुकुम्बासीको तथ्याङ्क ? यस्तो छ जंगीअड्डाको जवाफ

काठमाडौँ । नेपाली सेनाले सुकुम्वासीको विवरण मागेको विषयमा विवाद भएपछि प्रष्टीकरण दिएको छ। एक विज्ञप्ति जारी गरेर सेनाले सम्भावित जोखिमको नक्साङ्कन (हाजार्ड म्यापिङ) गर्नका लागि तथ्याङ्क अद्यावधिक गरिरहेको स्पष्ट पारेको हो। सेनाले विपद् पूर्वतयारीमा नेपाली जोखिम नक्साङ्कन अद्यावधि…

सेनाले किन लियो सुकुम्बासीको तथ्याङ्क ? यस्तो छ जंगीअड्डाको जवाफ

काठमाडौँ । नेपाली सेनाले सुकुम्वासीको विवरण मागेको विषयमा विवाद भएपछि प्रष्टीकरण दिएको छ। एक विज्ञप्ति जारी गरेर सेनाले सम्भावित जोखिमको नक्साङ्कन (हाजार्ड म्यापिङ) गर्नका लागि तथ्याङ्क अद्यावधिक गरिरहेको स्पष्ट पारेको हो।

सेनाले विपद् पूर्वतयारीमा नेपाली जोखिम नक्साङ्कन अद्यावधिक गरिरहेको भन्दै विपद् व्यवस्थापनका लागि त्यस प्रकारको विवरण संकलन गरिरहेको बताएको छ।
सेनाले विपद् प्रतिकार्यका लागि पूर्वतयारीलाई सुदृढ बनाउने भन्दै विगतमा विपद्का घटनालाई समेत मध्यनजर गर्दै मनसुनको समयमा हुन सक्ने बाढी, पहिरो, डुबान तथा नदी कटानबाट उत्पन्न जोखिमलाई ध्यानमा राखी सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्दै मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि योजना बनाइएको जनाएको छ।

सञ्चार माध्यममा नेपाली सेनाले सूचना माग गरेको विषयमा विभिन्न समाचार प्रकाशन तथा प्रसारण भएको सन्दर्भमा सेनाले स्थानीय युनिटहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रमा हुन सक्ने विपद्का घटनामा सुरक्षा फौज तैनाथ भई उद्धार, राहत वितरण तथा पुनर्स्थापनाका कार्यलाई सहज बनाउने उद्देश्यले तथ्याङ्क संकलन गरेको स्पष्ट पारेको छ ।