कर्मचारीको ट्रेड युनियनमाथिको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीहरूको ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा भएको सुनुवाइका क्रममा पाँच न्यायाधीशमध्ये तीन न्यायाधीशले अल्पकालीन अन्तरिम आदेश जारी गर्नुपर्ने राय दिएका हुन्…

कर्मचारीको ट्रेड युनियनमाथिको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीहरूको ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।


सर्वोच्च अदालतको संवैधानिक इजलासमा भएको सुनुवाइका क्रममा पाँच न्यायाधीशमध्ये तीन न्यायाधीशले अल्पकालीन अन्तरिम आदेश जारी गर्नुपर्ने राय दिएका हुन् ।

दुई न्यायाधीशले भने अन्तरिम आदेश आवश्यक नरहेको राय व्यक्त गरेका थिए ।

पाँच सदस्यीय इजलासमा बहुमत न्यायाधीशले अन्तरिम आदेशको पक्षमा राय दिएपछि सरकारको निर्णय तत्कालका लागि कार्यान्वयनमा रोक लागेको हो ।