सक्रंमितको उपचारका लागि बाग्लुङ पठाईयो, क्वारेन्टाईनमा २ सय १६ जना !

बडिगाड अनलाइन । बाग्लुङको बडिगाड गाउँपालिकाका २ जना कोरोना सक्रंमितलाई उपचारका लागि धौलागिरी कोरोना विशेष अस्पताल बाग्लुङ लगिएको छ । सक्रंमण पुष्टी भएसगैं उनीहरुको कन्ट्याक टे«सिङ गरी उपचारका लागि पठाईएको बडिगाड गाउँपालिकाका सीआईटीटी सयोंजक चुरामणी कडेंलले जानकारी दिनुभएको छ । बड…

सक्रंमितको उपचारका लागि बाग्लुङ पठाईयो, क्वारेन्टाईनमा २ सय १६ जना !
बडिगाड अनलाइन । बाग्लुङको बडिगाड गाउँपालिकाका २ जना कोरोना सक्रंमितलाई उपचारका लागि धौलागिरी कोरोना विशेष अस्पताल बाग्लुङ लगिएको छ । सक्रंमण पुष्टी भएसगैं उनीहरुको कन्ट्याक टे«सिङ गरी उपचारका लागि पठाईएको बडिगाड गाउँपालिकाका सीआईटीटी सयोंजक चुरामणी कडेंलले जानकारी दिनुभएको छ । बडिगाड गाउँपालिकामा भारतबाट आएर क्वारेन्टाईनमा बस्नेहरुको संख्या २ सय १७ पुगेको छ । बन्दाबन्दीले लामो समयदेखि भारतमा अलपत्र परेका नागरिहरुलाई ल्याउन सुरु गरेसगैं भारतबाट आउनेहरुको लर्को लाग्न थालेको छ । सीमा क्षेत्रमा आएका उनीहरुलाई गाउँपालिकाले उद्धार गर्ने गरेको छ । हालसम्म क्वारेन्टाईनमा बसेकाहरुमध्ये १६ जना महिला छन् भने बाँकी पुरुष रहेका छन् । जसमध्ये त्रिभुवन माध्यमिक विद्यालय. खर्वाङमा ५५ जना, भानु माध्यमिक विद्यालयमा ६३ जना, पौदिटारी आधारभुत विद्यालयमा ५६ जना, बुद्ध माध्यमिक विद्यालयमा ४१ जना रहेको बडिगाड गाउँपालिका कोरोना व्यवस्थापन द्रुत समितिका अध्यक्ष कृष्ण गुरुङले जानकारी दिनुभएको छ । त्यस्तै आज पनि ५६ जना आउँदै गरेको उहाँले बताउनुभयो । क्वारेन्टाईनमा बसेकाहरुमध्ये अहिलेसम्म ८ जनाको स्वाव सकंलन गरि परिक्षण गरिएको छ । जसमध्ये २ जनामा कोरोना पोजेटिभ देखिएको छ भने बाँकी ६ जनामा भने पीसीआर रिपोर्ट नेगेटिभ आएको उहाँले बताउनुभयो ।