कामिरिता शेर्पाद्वारा ३२ औं पटक सगरमाथाको सफल आरोहण

कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२ औंपटक सगरमाथाको सफल आरोहण गरेका छन् । ५६ वर्षीय कामिरिताले आज बिहान १०ः१२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको सेभेन समिट ट्रेक्सले जानकारी दिएको छ । सेभेट समिट ट्रेक्सले उनको सुरक्षित अवतरणको कामना गर्दै काठमाडौँमा उनको भव्य स्वागतक…

कामिरिता शेर्पाद्वारा ३२ औं पटक सगरमाथाको सफल आरोहण

कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२ औंपटक सगरमाथाको सफल आरोहण गरेका छन् । ५६ वर्षीय कामिरिताले आज बिहान १०ः१२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको सेभेन समिट ट्रेक्सले जानकारी दिएको छ ।

सेभेट समिट ट्रेक्सले उनको सुरक्षित अवतरणको कामना गर्दै काठमाडौँमा उनको भव्य स्वागतको तयारी गरिएको जनाएको छ । सन् १९९४ देखि सगरमाथा आरोहणको यात्रा सुरु गरेका कामिरिताले सन् २०२६ सम्म आइपुग्दा पर्वतारोहणको क्षेत्रमा अद्वितीय र अतुलनीय सफलता हासिल गरिसकेका छन् । उनलाई नेपालको राष्ट्रिय गौरव मात्र नभई विश्व पर्वतारोहण समुदायकै एक सर्वोत्कृष्ट प्रतीकको रुपमा लिइन्छ ।

सोलुखुम्बु थामेमा सन् १९७० मा जन्मिएका कामी रिताले यस उपलब्धिबाट नेपाललाई पुनः गौरवान्वित बनाएका पर्यटन मन्त्री खडकराज पौडेलले बताएका छन् ।