प्रस्तावित प्रधानन्यायाधीश शर्मामाथि आजदेखि संसदीय सुनुवाइ हुँदै

संवैधानिक परिषदबाट सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज कुमार शर्मामाथि आजबाट संसदीय सुनुवाइ सुरु हुँदैछ । सोही प्रयोजनका लागि आज संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । बैठक बिहान ८ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा डा. शर्माविरुद्ध परेका उजुरी खोल्ने र कार्ययोजना वितर…

प्रस्तावित प्रधानन्यायाधीश शर्मामाथि आजदेखि संसदीय सुनुवाइ हुँदै

संवैधानिक परिषदबाट सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज कुमार शर्मामाथि आजबाट संसदीय सुनुवाइ सुरु हुँदैछ ।

सोही प्रयोजनका लागि आज संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । बैठक बिहान ८ बजे सिंहदरबारमा बस्नेछ ।

बैठकमा डा. शर्माविरुद्ध परेका उजुरी खोल्ने र कार्ययोजना वितरण गर्ने कार्यसूची रहेको रहेको छ ।

सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार, उजुरी खोलेर सांसदहरूलाई वितरण गरिनेछ ।

यस्तै, आजै बिहान १० बजेदेखि उजुरीका विषयमा उजुरीकर्तासँग छलफल हुने उनको भनाइ छ । त्यसपछि प्रस्तावित प्रधानन्यायाधीशसँग सुनुवाइ चल्नेछ ।

प्रधानन्यायाधीशमा सिफारिस भएका डा. शर्माविरुद्ध संसदीय समितिमा सोमबार कार्यालय समयसम्म १६ वटा उजुरी परेका छन् ।

गत वैशाख २६ गतेको संसदीय सुनुवाइ समितिको बैठकले शर्माविरुद्ध उजुरी आह्वान गरेको थियो ।