के पुजा र आँचलको दु`स्मनी सकिएकै हो त ? यस्तो रहेछ कुरो !

नायिका पूजा शर्मा र अर्की नायिका आँचल शर्माविचको सम्बन्ध सुमधुर थिएन। सामाजिक संजालमा यी दुइले एक अर्कालाई गर्ने कटाक्ष पनि यसको उदाहरण हो। पूजा र आँचलको सम्बन्धको बिषयमा चलचित्र क्षेत्र नै जानकार छ ।नायिका आँचल शर्माको बिहे पार्टी छल्नका लागि पूजा चलचित्र ‘म यस्तो गीत गाउँछु २’क…

के पुजा र आँचलको दु`स्मनी सकिएकै हो त ? यस्तो रहेछ कुरो !
नायिका पूजा शर्मा र अर्की नायिका आँचल शर्माविचको सम्बन्ध सुमधुर थिएन। सामाजिक संजालमा यी दुइले एक अर्कालाई गर्ने कटाक्ष पनि यसको उदाहरण हो। पूजा र आँचलको सम्बन्धको बिषयमा चलचित्र क्षेत्र नै जानकार छ ।नायिका आँचल शर्माको बिहे पार्टी छल्नका लागि पूजा चलचित्र ‘म यस्तो गीत गाउँछु २’को टिमसहित मुक्तिनाथ पुगेको खबर पनि गसिप बजारमा चर्चामा रह्यो। तर, पूजाले भने यो कुरालाई अस्विकार गर्दै आएकी छिन्। उनले, आफूले पहिले नै योजना बनाएकाले मुक्तिनाथ पुगेको बताएकी छिन्। चर्चित दुई अभिनेत्री बीच पानी बाराबारको सम्बन्ध भएको जानकारीमा आएको जापानको टोकियोमा सूर्य इन्टरनेशनल अवार्डका लागि हिँडेका कलाकार पूजा र आँचलबीचको सम्बन्ध विमानस्थलमा छर्लङ्ग भएको थियो। उनिहरु विमानस्थल देखी नै बोलेनन्। बोल्ने त के कुरा एकअर्काको अनुहार समेत हेरेनन्। केही समयअघि पूजालाई लक्षित गरी आँचलले फेसबुकमा स्ट्याटस लेखेपछि सम्बन्धमा रहेको खटपटको शंका गरिएको थियो ।आँचलले पुजालाई इन्स्टामा फलो गरेकी छिन्। तर, अब यी दुइले एक अर्कासँगको शितयुद्धलाई विर्सने सोच बनाएको वुझ्न सकिन्छ। ह्या`करले आँचल शर्माको फोटो जोडेर अ*श्चिल भिडियो सार्वजनिक गरेपछि नेपाली चलचित्र क्षेत्र निकै त*नावमा रह्यो। ह्या*करले १२ जना नायिकाको डिभाइसमा पुगिसकेको र अब चाडै अन्य भिडियो पनि आउट गर्ने धम्की दिएपछि उनीहरु मिलेको बुझ्न सकिन्छ। नायिकाहरु एकले अर्काको समर्थन गर्न थाले। आँचल शर्मालाई पुजा शर्माले साथ दिइन जस्को फलस्वरुप लामो समयदेखिको दु*स्मनी टुङ्गियो। पुजाले आँचललाई इन्स्टामा फलो गरेकी छिन्। उनीहरु इस्टामा साथी भएका छन्। नायिकाहरुको फेक अश्लिल भिडियोको बिषयमा पूजा र आँचलले पनि आवाज उठाएका थिए । यो बिषयमा यी दुइविच फोनमा कुराकानी पनि भएको वुझिएको छ । पूजा र आँचलले एक अर्कासँगको सबै मनमुटावलाई विर्सिएर साथी बन्ने निर्णय गरेका हुन् भने यो सुखद कुरा हो ।