कर्मचारीको न्यूनतम तलब अब ४० हजार, अधिकतम १ लाख हुने

निजामती कर्मचारी र सार्वजनिक कोषबाट तलब बुझ्ने कर्मचारीको १० प्रतिशत तलब बढेको छ । आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत अर्थमन्त्री जनार्दन शर्माले निजामती कर्मचारी तथा सार्वजनिक कोषबाट तलब बुझ्ने कर्मचारीको तलब १५ प्रतिशत बढाएका थिए । तर, सो आर्थिक वर्ष यता कर्मचारीको तलब बढ्न सकेक…

कर्मचारीको न्यूनतम तलब अब ४० हजार, अधिकतम १ लाख हुने

निजामती कर्मचारी र सार्वजनिक कोषबाट तलब बुझ्ने कर्मचारीको १० प्रतिशत तलब बढेको छ ।

आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत अर्थमन्त्री जनार्दन शर्माले निजामती कर्मचारी तथा सार्वजनिक कोषबाट तलब बुझ्ने कर्मचारीको तलब १५ प्रतिशत बढाएका थिए ।

तर, सो आर्थिक वर्ष यता कर्मचारीको तलब बढ्न सकेको थिएन ।

निजामती सेवा ऐन, २०४९ को दफा २७ मा कर्मचारीको तलब भत्ता पुनरावलोकन समितिले प्रत्येक तीन वर्षमा राजस्व वृद्धिदर, कुल दरबन्दी संख्या र विगत ती वर्षमा मूल्य सूचीको आधारमा प्रदान गरिएको महँगी भत्ता समेतलाई आधार बनाई तलब भत्ता तथा अन्य सुविधा पुनरावलोकन गर्ने व्यवस्था छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अब न्यूनतम तलब ४० हजार रुपैयाँ हुने र अधिकतम १ लाख हुने बताए ।