प्रधानमन्त्रीको भनाइमा विपक्षीको आपत्ति, नेपालले भारतीय भूमि मिचेको प्रमाण देखाउन माग

विपक्षी दलका सांसदहरूले आकस्मिकरुपमा प्रतिनिधिसभामा प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिएको विषयमा प्रश्न उठाएका छन् । संसद्को नियमावलीमा नै नभएको व्यवस्था देखाएर प्रधानमन्त्रीलाई सांसदहरूको प्रश्नको उत्तरका लागि समय दिएको भन्दै विपक्षी दलका सांसदहरूले आपत्ति जनाएका हुन् ।…

प्रधानमन्त्रीको भनाइमा विपक्षीको आपत्ति, नेपालले भारतीय भूमि मिचेको प्रमाण देखाउन माग

विपक्षी दलका सांसदहरूले आकस्मिकरुपमा प्रतिनिधिसभामा प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिएको विषयमा प्रश्न उठाएका छन् ।

संसद्को नियमावलीमा नै नभएको व्यवस्था देखाएर प्रधानमन्त्रीलाई सांसदहरूको प्रश्नको उत्तरका लागि समय दिएको भन्दै विपक्षी दलका सांसदहरूले आपत्ति जनाएका हुन् ।

प्रधानमन्त्री सदनमा उपस्थित हुनु सकारात्मक विषय भए पनि प्रधानमन्त्रीको प्रश्नोत्तर नियमावली अनुसार नभएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

प्रधानमन्त्रीको सम्बोधनपछि विपक्षी सांसदहरूले आपत्ति जनाएपछि सत्तापक्ष दलका सांसदहरू समेत आक्रोशित भएका थिए । त्यसपछि सभामुख डोल प्रसाद अर्यालले केही सांसदहरूको नामै लिएर मर्यादामा बस्ने पटक पटक निर्देशन दिएका थिए ।

उनले विपक्षी सांसदहरूको गतिविधिले आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत बताए ।

त्यस्तै बैठकमा विपक्षी सांसदहरूले प्रधानमन्त्रीले नेपालले पनि भारतको जग्गा मिचेको भन्ने जवाफ तथ्यहीन भएको भन्दै जवाफ माग गरेका थिए ।