विपक्षी सांसदले आफैं समय तोकेर गरे मौनधारण, सभामुख ‘हेरेको हेर्‍यै’

प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले शहीदको सम्झनामा ५ मिनेट मौन धारण गरेको छ । कांग्रेसका सचेतक निश्कल राईले विरोधको नयाँ शैली अपनाउँदै आफैँ समय तोकेर मौनधारण गरेका हुन् । उनले बोल्ने क्रममा नेपाल देशलाई एकीकरण गर्न, विश्वभर उपनिवेश प्रथा…

विपक्षी सांसदले आफैं समय तोकेर गरे मौनधारण, सभामुख ‘हेरेको हेर्‍यै’

प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले शहीदको सम्झनामा ५ मिनेट मौन धारण गरेको छ । कांग्रेसका सचेतक निश्कल राईले विरोधको नयाँ शैली अपनाउँदै आफैँ समय तोकेर मौनधारण गरेका हुन् ।

उनले बोल्ने क्रममा नेपाल देशलाई एकीकरण गर्न, विश्वभर उपनिवेश प्रथा हाबी हुँदा समेत नेपाललाई सार्वभौम र अखण्ड र एकतावद्ध राख्न पृथ्वीनारायण शाह देखि वीर बलभद्र कुँवर, अमरसिंह थापा, भक्ति थापा, भिमसेन थापा लगायत महान् योद्धाहरूको योगदानको कथा पढ्दै आएका स्मरण गर्दै मौन धारणका लागि आग्रह गरे । त्यसपछि कांगेससहित विपक्षी दलका सांसदहरु सबै उठेर मौन धारण गरेका छन् ।