ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध मानवअधिकार आयोगमा उजुरी

गृहमन्त्री सुधन गुरुङविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दर्ता गरिएको छ। शान्तिपूर्ण प्रदर्शनका क्रममा पक्राउ परी प्रहरी हिरासतमा रहेका व्यक्तिहरूलाई हिरासतभित्रै छिरेर मानसिक दबाब र ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध आयोगमा निवेदन दर्ता गरिएको हो । अजय…

ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध मानवअधिकार आयोगमा उजुरी

गृहमन्त्री सुधन गुरुङविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दर्ता गरिएको छ। शान्तिपूर्ण प्रदर्शनका क्रममा पक्राउ परी प्रहरी हिरासतमा रहेका व्यक्तिहरूलाई हिरासतभित्रै छिरेर मानसिक दबाब र ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध आयोगमा निवेदन दर्ता गरिएको हो ।

अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले आयोगको केन्द्रीय कार्यालय पुल्चोकमा पुगेर उजुरी दर्ता गराएका छन् । उनीहरूले आफूहरूमाथि राज्यको जिम्मेवार पदमा रहेका व्यक्तिबाटै गम्भीर मानव अधिकार उल्लंघन भएको दाबी गरेका छन् ।

गत जेठ १९ गते कालापानी, लिपुलेख र लिम्पियाधुरा नेपालको अभिन्न अङ्ग रहेको र भारतीय ज्यादतीको अन्त्य हुनुपर्ने भन्दै सोडारीको समूहले भारतीय दूतावास अगाडि प्रदर्शन उनीहरूलाई पक्राउ गरेर सोह्रखुट्टे प्रहरी वृत्त लगिएको थियो । सो समयमा दलबलसहित प्रहरी हिरासत पुगेका गृहमन्त्री गुरुङले गालीगलौज तथा ज्यान मार्ने धम्की दिएको र त्यसले गम्भीर मानव अधिकार हनन भएको दाबी उजुरी पत्रमा गरिएको छ ।

‘गृहमन्त्री सुदन गुरुङको टोली प्रवेश गरेको मिति ०८३ साल जेठ १९ गतेको सोह्रखुट्टे प्रहरी वृत्तको हिरासत क्षेत्र तथा परिसरको सम्पूर्ण सिसिटिभी फुटेज, आगन्तुक अभिलेख र ड्युटी रजिस्टर तत्काल नियन्त्रणमा लिई सुरक्षित राखियोस्’, पत्रमा उल्लेख छ । ‘आयोगको एक विशेष टोली तत्काल सोह्रखुट्टे प्रहरी वृत्तमा खटाई तात्कालिक हिरासतमा रहेका पीडित अजय सोडारी, प्रकाश बम र सुजन पौडेलको बयान लिई घटनाको सत्य तथ्य जाँचबुझ गरियोस्।’