गृह मन्त्रालयको कर्मचारी भन्दै प्रहरीमा अनधिकृत पहुँच खोज्ने पक्राउ

आफूलाई गृह मन्त्रालयको जिम्मेवार व्यक्ति भएको परिचय दिँदै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला काठमाडौंको कोटेश्वरस्थित खरिबोट क्षेत्रबाट ३० वर्षीय आदित्य सिंह पक्राउ परेका हुन् । प्रहरीका अनुसार सिंहले आफू गृह मन्त्रालयको जिम्मे…

गृह मन्त्रालयको कर्मचारी भन्दै प्रहरीमा अनधिकृत पहुँच खोज्ने पक्राउ

आफूलाई गृह मन्त्रालयको जिम्मेवार व्यक्ति भएको परिचय दिँदै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला काठमाडौंको कोटेश्वरस्थित खरिबोट क्षेत्रबाट ३० वर्षीय आदित्य सिंह पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार सिंहले आफू गृह मन्त्रालयको जिम्मेवार व्यक्ति भएको दाबी गर्दै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्न प्रयास गरेका थिए । घटनापछि उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।