असई थमन विक हत्या प्रकरण : सफाई पाएका एमालेका पूर्वसांसद कोइरी दोषी ठहर, पाँच वर्ष कैद सजाय

असई थमन विक हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीबाट सफाइ पाएका नेकपा (एमाले)का नेता तथा पूर्वप्रतिनिधिसभा सदस्य लक्ष्मी महतो (कोइरी)लाई उच्च अदालत जनकपुरले दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय सुनाएको छ। उच्च अदालत जनकपुरका न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्…

असई थमन विक हत्या प्रकरण : सफाई पाएका एमालेका पूर्वसांसद कोइरी दोषी ठहर, पाँच वर्ष कैद सजाय

असई थमन विक हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीबाट सफाइ पाएका नेकपा (एमाले)का नेता तथा पूर्वप्रतिनिधिसभा सदस्य लक्ष्मी महतो (कोइरी)लाई उच्च अदालत जनकपुरले दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय सुनाएको छ।

उच्च अदालत जनकपुरका न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले जिल्ला अदालत महोत्तरीको २०८० मंसिर २८ गतेको सफाइ दिने फैसला उल्ट्याउँदै महतोलाई दोषी ठहर गरेको हो।

जिल्ला अदालतको फैसलाविरुद्ध तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मधेश प्रदेश सांसद अभिराम शर्मापक्षलगायतले पुनरावेदन दिएका थिए। सोही पुनरावेदनमाथिको सुनुवाइपछि उच्च अदालतले महतोलाई पाँच वर्ष कैद सजाय हुने फैसला सुनाएको हो।