काठमाडौंमा आत्मदाह प्रयास गरेका आश्विन राउतको उपचारकै क्रममा निधन

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन भएको छ । वीर अस्पतालमा उपचारका क्रममा ४५ वर्षीय राउतको निधन भएको हो । आत्मदाहको प्रयास गर्दा गम्भीर घाइते भएका राउतलाई वीर अस्पतालको आईसीयूमा राखेर उपचार गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो । उनको शरीरको ५० प्रतिशतभन…

काठमाडौंमा आत्मदाह प्रयास गरेका आश्विन राउतको उपचारकै क्रममा निधन

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन भएको छ ।

वीर अस्पतालमा उपचारका क्रममा ४५ वर्षीय राउतको निधन भएको हो ।

आत्मदाहको प्रयास गर्दा गम्भीर घाइते भएका राउतलाई वीर अस्पतालको आईसीयूमा राखेर उपचार गरिएको थियो ।

उपचारकै क्रममा उनको निधन भएको हो । उनको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको थियो ।