साउनभित्रै नेपाल फर्कने तयारीमा देउवा, विज्ञप्ति जारी गर्दै भने- सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्छ

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले उपचारपछि स्वदेश फर्कन लागेको जानकारी दिएका छन्। मंगलबार जारी सन्देशमा उनले वर्तमान परिस्थितिमा देशलाई प्रतिशोध होइन, सहकार्य, विभाजन होइन, एकता र अविश्वास होइन, विश्वास आवश्यक रहेको बताएका छन्। देउवाले इत…

साउनभित्रै नेपाल फर्कने तयारीमा देउवा, विज्ञप्ति जारी गर्दै भने- सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्छ

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले उपचारपछि स्वदेश फर्कन लागेको जानकारी दिएका छन्।

मंगलबार जारी सन्देशमा उनले वर्तमान परिस्थितिमा देशलाई प्रतिशोध होइन, सहकार्य, विभाजन होइन, एकता र अविश्वास होइन, विश्वास आवश्यक रहेको बताएका छन्।

देउवाले इतिहासबाट प्राप्त अनुभव, परिवर्तनको ऊर्जा तथा नयाँ पुस्ताको ज्ञान र सिर्जनशील क्षमताबीच राष्ट्रिय संवाद र साझा सहकार्य आज झन् आवश्यक बनेको उल्लेख गरेका छन्। उनले प्रतिशोध र निषेधको राजनीतिबाट माथि उठेर राष्ट्र निर्माण र साझा भविष्यलाई साझा संकल्प बनाउनुपर्ने धारणा राखेका छन्।

‘सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्छ, तर नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमाथि मेरो पूर्ण आस्था छ,’ उनले सन्देशमा भनेका छन्।

देउवा गत २०८२ फागुन १३ गते उपचारका लागि सिंगापुर गएका थिए। त्यसपछि ७ चैत २०८२ मा थप उपचारका लागि हङकङ पुगेका उनी अब स्वदेश फर्किन लागेका हुन्।