गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न सरकारले बनायो समिति

सरकारले काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेर ज्यान गुमाएका गणेश नेपालीको घटनाबारे छानबिन गर्न न्यायिक समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले घटनाको सत्यतथ्य पत्ता लगाउन उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बाँस्तोलाको अध्यक्षतामा न…

गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न सरकारले बनायो समिति

सरकारले काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेर ज्यान गुमाएका गणेश नेपालीको घटनाबारे छानबिन गर्न न्यायिक समिति गठन गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले घटनाको सत्यतथ्य पत्ता लगाउन उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बाँस्तोलाको अध्यक्षतामा न्यायिक समिति गठन गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै न्यायिक समिति गठन गरिएको जानकारी दिए ।

‘गणेश नेपालीको आत्महत्या घटनाको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन उच्च अदालतका पूर्व न्यायाधीश केशवप्रसाद बाँस्तोलाको अध्यक्षतामा न्यायिक समिति गठन गर्ने,’ उनले भने ।

मुगुका २५ वर्षीय गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका थिए । उपचारका क्रममा उनको वीर अस्पतालमा निधन भएको थियो ।