देवानगञ्ज गोलीकाण्ड : उपचारका क्रममा अर्का घाइतेको मृत्यु

सुनसरीको देवानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर घाइते भएका अर्का एकजनाको उपचारका क्रममा मृत्यु भएको छ। यससँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या २ पुगेको छ। देवानगञ्ज गाउँपालिका–३ का २२ वर्षीय जयप्रकाश मेहताको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो मृत्…

देवानगञ्ज गोलीकाण्ड : उपचारका क्रममा अर्का घाइतेको मृत्यु

सुनसरीको देवानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर घाइते भएका अर्का एकजनाको उपचारका क्रममा मृत्यु भएको छ। यससँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या २ पुगेको छ।

देवानगञ्ज गाउँपालिका–३ का २२ वर्षीय जयप्रकाश मेहताको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार मेहतालाई दिउँसो १:२४ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

घटनामा गोली लागेर घाइते भएका अन्य ८ जनाको विराटनगरस्थित न्यूरो अस्पताल, विराट नर्सिङ होम र नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

प्रहरी र प्रदर्शनकारीबीच भएको झडपका क्रममा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका थिए।