धनुषामा सेनालाई सीडीओले दिए गोली हान्नेसम्मको अधिकार

जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यु आदेश जारी भएका स्थानमा नेपाली सेना परिचालन गरिको छ । प्रशासनले एक विज्ञप्ति जारी गर्दै कर्फ्यु आदेश जारी भएका पूर्वतर्फ बेलौनी रोड– एम.क्यू.स्टीलबाट ५०० मिटर पूर्व पेट्रेल पम्प हुलाकी सडकदेखि जनकपुर–दुधमती पुल, बेला, कादरी मस्जिद, उत्तर तर्…

धनुषामा सेनालाई सीडीओले दिए गोली हान्नेसम्मको अधिकार

जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यु आदेश जारी भएका स्थानमा नेपाली सेना परिचालन गरिको छ ।

प्रशासनले एक विज्ञप्ति जारी गर्दै कर्फ्यु आदेश जारी भएका पूर्वतर्फ बेलौनी रोड– एम.क्यू.स्टीलबाट ५०० मिटर पूर्व पेट्रेल पम्प हुलाकी सडकदेखि जनकपुर–दुधमती पुल, बेला, कादरी मस्जिद, उत्तर तर्फ लक्ष्मीपुर बगेवासम्म र दक्षिणतर्फ नगराईन नगरपालिकादेखि नगराईन चोक वरिपरिको क्षेत्रमा सेना परिचालन गरिएको प्रशासनले जनाएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को १ (क) २ बमोजिम सेना परिचालन गरिएको हो ।

शान्ति सुरक्षाको स्थिति नियन्त्रणमा राख्न आवश्यकताअनुसार सेनालाई न्यूनतम सैनिक शक्तिको प्रयोग गर्दै गोली हान्नेसम्मको अधिकार प्रदान गरिएको छ ।