काँग्रेस इतर समूहको कार्यालयमा देउवाका लागि छुट्टै कार्यकक्ष, ‘सभापति’को नेमप्लेट

नेपाली कांग्रेसको संस्थापन इतर समूहको सम्पर्क कार्यालयमा ‘सभापति शेरबहादुर देउवा’ लेखिएकाे बोर्ड टाँसिएको छ। ५ महिना लामो स्वास्थ्योपचारपछि बिहीबार देउवा स्वदेश फर्किएका थिए । देउवा फर्किएपछि इतर समूहका नेताहरूले सभापति शेरबहादुर देउवा भन्ने बोर्ड टाँसेका हुन् । इतर समूहले शुक्रब…

काँग्रेस इतर समूहको कार्यालयमा देउवाका लागि छुट्टै कार्यकक्ष, ‘सभापति’को नेमप्लेट

नेपाली कांग्रेसको संस्थापन इतर समूहको सम्पर्क कार्यालयमा ‘सभापति शेरबहादुर देउवा’ लेखिएकाे बोर्ड टाँसिएको छ।

५ महिना लामो स्वास्थ्योपचारपछि बिहीबार देउवा स्वदेश फर्किएका थिए । देउवा फर्किएपछि इतर समूहका नेताहरूले सभापति शेरबहादुर देउवा भन्ने बोर्ड टाँसेका हुन् ।

इतर समूहले शुक्रबारबाट ३ दिनसम्म राष्ट्रिय भेला आयोजना आयोजना गरेका छन् । त्यो भेलामा देउवा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने प्रचार प्रसार समितिका संयोजक मिन विश्वकर्माले जानकारी दिए ।

भेला आयोजक समितिका संयोजक प्रा.डा. शशांक कोइरालाको बोर्ड पनि टाँसिएको छ ।