बडिगाड गाउँपालिकाकी एक सुत्केरी महिलाको हेलिकोप्टर मार्फत उद्धार !

जीवन पाण्डे, बाग्लुङ । बाग्लुङको बडिगाड गाउँपालिकाकी एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । गाउपालिका वडा न. १ कि २२ बर्षिय सरस्वती पोखरेल गत जेठ ९ गते सुत्केरी भई छोरीलाई जन्म दिएकी थिईन् । हिजो जेठ १९ गते सोमबार बेलुका टाउको दुखेको उनी आज मङ्गलबार छोरिको न्वारन…

बडिगाड गाउँपालिकाकी एक सुत्केरी महिलाको हेलिकोप्टर मार्फत उद्धार !
जीवन पाण्डे, बाग्लुङ । बाग्लुङको बडिगाड गाउँपालिकाकी एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । गाउपालिका वडा न. १ कि २२ बर्षिय सरस्वती पोखरेल गत जेठ ९ गते सुत्केरी भई छोरीलाई जन्म दिएकी थिईन् । हिजो जेठ १९ गते सोमबार बेलुका टाउको दुखेको उनी आज मङ्गलबार छोरिको न्वारन गर्न तयारी गर्दै थिइन । न्वारन गर्ने, कोठा सर्ने भनेर सामान सार्दै गर्दा एक्कासी ९ बजे उनी बे*होस भईन् । पटक पटक बे*होस हुँदै ब्युँझिँदै गरेकी उनी करिब साढे १२ बजे बेहोस भएर नब्युँझिएपछि भएकी उनको थप उपचारका लागि हेलिकोप्टर मार्फत उद्धार गरि पोखरा  पठाईएको छ । घरको आर्थिक अवस्था द*यनीय भएकी उनको श्रीमान भारतमा रहेका छन् । उनको घरमा अहिले देवर देउरानी मात्रै रहेका छन् । उनको आज दिउँसो ३ बजे मा प्रभुको हेलिकप्टरद्वारा उद्दार गरिएको हो । सुत्केरी उद्दारका लागि गण्डकी प्रदेश सामाजिक बिकाश मन्त्रालयले उपलब्ध गराउँदै आएको सेवा सुविधा अन्तर्गत उनको उद्धार गरिएको गाउँपालिकाका अध्यक्ष मेहरसिङ पाइजाले बताउनुभयो । पोखरेल ११ दिन अगाडि स्थानिय वर्थिङ सेन्टरमा सुत्केरी भएकी थिइन् । बच्चाको अवस्था सामान्य रहेको वडा नं. १ का अध्यक्ष बोम बहादुर थापाले जानकारी दिनुभएको छ। राष्ट्रपति मातृ सुरक्षा कार्यक्रम अन्तरगत जिल्ला प्रशासन कार्यालय बागलुङ, सामाजिक विकास मन्त्रालय पोखरा तथा गृह मन्त्रालय काठमाडौं संगको समन्वयमा उद्धार गरिएको बडिगाड गाउँपालिकाका अध्यक्ष पाइजाले जानकारी दिनुभएको छ । पहाडि जिल्ला र उपयुक्त स्वास्थ्य सेवाको अभावको कारण जटिल मातृ स्वास्थ्य सम्बन्धि समस्या भएका महिलालाई हेलिकप्टर बाट उद्धार गरि अन्यत्र लैजानुपर्ने वाध्यता छ ।