एमालेले किरण थापालाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउने

नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले प्रदेश सांसद किरण थापालाई बागमती प्रदेशको मुख्यमन्त्रीका लागि प्रस्ताव गर्ने निर्णय गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले संसदीय दलका नेता जिएन थपलियाले थापालाई मुख्यमन्त्रीका लागि प्रस्ताव गर्ने निर्णय गरेको हो । बैठकले संसदमा प्रतिनि…

एमालेले किरण थापालाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउने

नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले प्रदेश सांसद किरण थापालाई बागमती प्रदेशको मुख्यमन्त्रीका लागि प्रस्ताव गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको संसदीय दलको बैठकले संसदीय दलका नेता जिएन थपलियाले थापालाई मुख्यमन्त्रीका लागि प्रस्ताव गर्ने निर्णय गरेको हो ।

बैठकले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई प्रदेश सरकारमा सहभागिता र समर्थनका लागि आह्वान गर्ने निर्णयसमेत गरेको एमाले सचिव महेश बस्नेतले जानकारी दिए ।

त्यस्तै, बागमती प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुखबाट आह्वान गरिएको भदौ ४ गतेको समयसीमाभित्र सरकार गठनको दाबी पेस गर्ने निर्णय बैठकले गरेको छ ।

एमाले संसदीय दलको निर्णयसँगै बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापालाई अघि सार्ने औपचारिक प्रक्रिया सुरु भएको छ ।