नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले उत्तरपश्चिमी काटसिना प्रान्तमा अज्ञात बन्दुकधारीले गरेको १८ जना कृषकको हत्याप्रति गहिरो दुःख प्रकट गर्दै उक्त घटनाको तत्काल छानबिन गर्न आदेश दिईेएका छन । काटसिनाको बाटसारी गाउँमा मङ्गलबार बिहान बन्दुकधारीले स्थानीय गाउँलेको हत्या गरेका थिए ।
राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा राष्ट्रपति बुहारीले कृषकमाथि भएको निर्मम आक्रमणको छानबिन गरी कारबाहीको दायरामा ल्याउन प्रहरी र सेनालाई आदेश दिनुभएको उल्लेख छ । नाइजेरियाको उत्तरी क्षेत्रमा हालैका महिनामा सशस्त्र समूहले एकपछि अर्को आक्रमण गरिरहेका छन् । साथै यस क्षेत्रमा कृषकका पशु र अरु धनमाल लुटपाट गर्ने सिलसिला जारी छ ।
किसान हत्याको छानबिन गर्न आदेश
नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले उत्तरपश्चिमी काटसिना प्रान्तमा अज्ञात बन्दुकधारीले गरेको १८ जना कृषकको हत्याप्रति गहिरो दुःख प्रकट गर्दै उक्त घटनाको तत्काल छानबिन गर्न आदेश दिईेएका छन । काटसिनाको बाटसारी गाउँमा मङ्गलबार बिहान बन्दुकधारीले स्थानीय गाउँलेको हत्या गरेका थिए…