दिनेश शर्मा,बाग्लुङ बडिगाड, असार ११ - पश्चिम बाग्लुङ बाट एकजना मतदाता ले प्रतिनिधि सभा का साम्सद देबेन्द्र पौडेल लाई लक्षित गरेर एक ब्यङ्ग्यात्मक खुलापत्र सार्बजनिक गरेका छन रितुबर्ण पौडेल नाम गरेको फेसबुक वाल मार्फत माननीय लाई सम्बोधन गर्दै उनले उक्त पत्र सार्बजनिक गरेका हुन।उनले उक्त पोस्ट मा बाग्लुङ बिहु मध्यपहाडी सडक खण्ड को अस्तब्यस्तता र साम्सद देबेन्द्र पौडेल ले काम नगर्ने ठेकेदार लाई कारबाही गर्ने दाबी गरेको बिषय उठान गर्दै पत्र को बिषय मा नै ठेकेदार कारबाही फुकुवा गर्नेबारे भनेर पत्र को सुरुवात गरेका छन।
उनले पत्र मार्फत ठुला बडा को सम्रक्षण मा नै उक्त सडक को बिजोक भएको बिषय उठान गर्दै लेखेका छन "बिचरा ठेकेदार को के गल्ती छ?तपाइहरुको आदेश बमोजिम पश्चिम बाग्लुङ का जनता लाई दनका दिएका छन"उनले चिठिमा प्रत्यक पटक बाग्लुङ तर्फ बाट उम्मेद्वार पठाइने चुनाबी बिषय र उम्मेद्वार ले जितेपछी ब्यवास्ता गर्ने प्रसङ्ग जोड्दै लेख्छ्न "पश्चिम तिर केही गर्न पर्दैन हतार गर्नु पर्दैन चुनाब मा एक्कासी टिकट लिएर आएहुन्छ ,बरु यसपाली १० करोड पाउनुभाछरे त्यो एता अरुको हातमा नासा नपठाउनुहोला मन्दिर र क्याम्पसमा दिएर झगडा गराउनुभन्दा त्यतै बलेवा तिर राख्नुहोला।" चुनाब को रिण समेत बाकी रहेको प्रसङ्ग मा उनी लेख्छन "चुनाब को भात को पैसा फेरि टिकट पाए तिरेहुन्छ नत्र खल्लिबल्ली" यस्तो छ पत्र को पुर्ण पाठ।

