मुसिकोट नगरपालिकामा दादुरा रुवेला खोप अभियान सुरु

विष्णु प्रसाद आचार्य, गुल्मी फाल्गुण १९ । मुसिकोट नगरपालिकामा दादुरा रुवेला खोप अभियान आईतबार देखि सुरु भएको छ । नगरपालिकाका ९ वटै वडामा अभियानको सुरुवात गरिएको छ । वडा नं ७ स्थित वामीटक्सार स्वास्थ्य चौकीले दादुरा रुबेला खोपको अभियान वामीको बँसेरीबाट सुरु गरेको छ । मुसिकोट नगरपा…

विष्णु प्रसाद आचार्य, गुल्मी फाल्गुण १९ । मुसिकोट नगरपालिकामा दादुरा रुवेला खोप अभियान आईतबार देखि सुरु भएको छ । नगरपालिकाका ९ वटै वडामा अभियानको सुरुवात गरिएको छ । वडा नं ७ स्थित वामीटक्सार स्वास्थ्य चौकीले दादुरा रुबेला खोपको अभियान वामीको बँसेरीबाट सुरु गरेको छ । मुसिकोट नगरपालिका भित्रका सबै वडाहरुमा यो अभियान सञ्चालन गरिएको स्वास्थ्य चौकी प्रमुख त्रिविक्रम केसीले जानकारी दिनुभयो । अभियान फाल्गुण १८ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने उहाँले बताउनुभयो । कार्यक्रमको उदघाटन गर्दै मुसिकौट नगरपालिका वडा नं ७ का वडा सदस्य विष्णु बहादुर रानाले यस अभियानमा कोही पनि बालबालिकालाइ नछुटाइ खोप लगाउनको लागी आह्वान गर्दै दादुरा रुबैलाबाट मुक्त रहन यो अभियान महत्वपुर्ण रहने विश्वास व्यक्त गर्नुभयो । दादुरा रुबेला बिरुद्धको खोप नौ महिना पुरा भइ पाँच वर्ष मुनिका बालबालिकालाइ लगाउनुपर्दछ । नगरपालिकाका ९ वटैमा रहेका खोपकेन्द्रहरुमा खोप उपलब्ध भएको र सबै बालबालिकालाइ नछुटाइ आफुलाइ पायक पर्ने खोप केन्द«मा गई खोप लगाउन र आफना नानीबाबुहरुलाइ स्वस्थ र सुरक्षीत राख्न मुसिकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख डिबी जिसीले अनुरोध गर्नुभयो । वडा नम्बर ७ भित्र १८ गते बँसेरी स्थित गौमती प्रा वि, १९ गते काफलटोला स्थित भगवति प्रा वि, बीस गते सेरा स्थित जनज्योती प्रा वि र २१ गते वामीटक्सार स्वास्थ्य चौकीबाट सेवा प्रवाह गरिने बताइएको छ । उक्त समयमा केही कारणले खोप छुटन गएमा फागुन छब्बीस गते सम्मको अभियानभरी स्वास्थ्य चौकीमा सम्पर्क गर्न अनुरोध गरिएको छ । आईतबार पहिलो दिन वडा नं ७ मा ७६ जनाले खोप लगाएका छन् । त्यस्तै वडा नं ८ मा पनि श्री खड्गदेवी प्रा।वि खोप केन्द्रबाट अभियानको सुरुवात गरिएको छ । वडा नं। ८ का वडाध्यक्ष नारायण सापकोटाको अध्यक्षता, मुसिकोट नगरपालिका नगर उपप्रमुख कमला शमाको प्रमुख आतिथ्यता एवम् नगर स्वास्थ्य प्रमुख ढाल बहादुर जि ।सीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रम कम्प्युटर अपरेटर उज्ज्वल खत्रीको संचालनमा सम्पन्न भएको थियो ।