बडीगाड गाउँपलिकाको टुनिबोटमा पहिलोपल्ट बस पुग्यो, स्थानीयले मनाय खुसीयाली

फाल्गुण १९, बाग्लुङ । बाग्लुङको बडीगाड गाउँपालिका वडा नं ७ टुनिबोटमा पहिलोपटक बस पुगेको छ । उक्त स्थानमा बस पुगेसगैं स्थानीयहरुले खुसीयाली मनाएका छन् । पहिलो पटक बस पुगेको खुशियालिमा स्थानीयहरुले बस उद्घाटन एवं सुभारम्भ समारोहको आयोजना गरेका थिए । स्थानीय समाजसेवी, एवं ज्येष्ठ सद…

फाल्गुण १९, बाग्लुङ । बाग्लुङको बडीगाड गाउँपालिका वडा नं ७ टुनिबोटमा पहिलोपटक बस पुगेको छ । उक्त स्थानमा बस पुगेसगैं स्थानीयहरुले खुसीयाली मनाएका छन् । पहिलो पटक बस पुगेको खुशियालिमा स्थानीयहरुले बस उद्घाटन एवं सुभारम्भ समारोहको आयोजना गरेका थिए । स्थानीय समाजसेवी, एवं ज्येष्ठ सदस्य पञ्चवीर पाईजाको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा बडिगाड गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष कृष्ण गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । उक्त स्थानसम्म बस पुर्याउन सफल भएको भन्दै स्थानीयले गाडि चालक र सहचालकलाई पैसाको माला लगाएर सम्मान गरेका थिए । कार्यक्रमको समारोहमा बोल्दै प्रमुख अतिथि गुरुङले यो क्षेत्रमा बसोवास गर्ने नागरिकले लामो समयदेखि यातायातको समस्या भोग्दै आईरहेको भन्दै अब उक्त समस्या समाधान हुनेमा आफु विस्वस्त रहेको बताउनुभएको थियो । अबदेखि टुनिबोट देखि बुटवलसम्म नियमित रुपमा बस सञ्चालनमा ल्याउनमा आउने उहाँले जानकारी दिनुभयो । पश्चिमाञ्चल बस व्यवसायी प्रा।लि।ले बस संचालन गर्ने प्रतिबद्दत्ता गरेसगैं व्यवस्थापन गर्नका लागि समितिका कर्मचारी बुद्द रायमाझीले बिल र चलानि किताब चन्द्र गुरुङलाई हस्तान्तरण गर्नु भएको थियो । अध्यक्ष गुरुङले यो ठाउँको समग्र बिकासको लागि आफु सधै प्रयत्नशिल रहने प्रतिबद्दत्ता गर्दै यो ठाउँबाट निरन्तर बस सेवा संचालन गर्नको लागि यो ठाउँमा बस लिएर उद्घाटन गरेर मात्रै नहुने बताउँदै सबैको साथ र सहयोग आवाश्यक रहेको धारणा व्यक्ति गर्नुभयो । अध्यक्ष गुरुङले चालकहरुले राखेको मागलाई समेत संवोधन गर्दै ठाउँ ठाउँमा गाडिलाई साईड दिन मिल्ने गरि बाटोको स्तर उन्नतिमा आफुले पहल कदमी गर्ने समेत बताउनुभएको थियो । अध्यक्ष गुरुङले हाललाई यो ठाउँबाट बुटवलको लागि सिधै बस संचालन गर्ने र केही समय पश्चात् काठमाडौंको लागि चल्ने बसको लागि समेत आफुले पहल गर्ने बताउँदै बुटवलको लागि दिवा सेवाको लागि बिहान ७ बजे र रात्री सेवाको लागि दिउँसो ३ बजे गाडि छुट्ने कुराको जानाकारि गराउँदै सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा स्थानीय पालिकाका जनप्रतिनिधि, पश्चिम नेपाल बस व्यवसायी समिति प्रा।लीका कर्मचारी, धौलागीरी बस व्यवसायी समितिका कर्मचारी, युरो डिलक्स बस समितिका कर्मचारी, लगायत स्थानीयको उपस्थिति रहेको थियो । कार्यक्रममा जनक आधारभूत विधालयका अध्यक्ष दुर्गाराज पाईजा , गाडि सह९चालक हरि पोखरेल लगायतले बोल्नुभएको थियो । कार्यक्रममा नौमति बाजा सगैं स्थानीय नृत्यहरु समेत प्रस्तुत गरिएको थियो । मन प्रसाद घर्तिको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन द न्यु डिभाईस क्लबका अध्यक्ष दिल गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो ।