पाल्पाको अर्गेलीमा जीप दुर्घटना १ जनाको मृत्यु

पाल्पा, फाल्गुण २१ । बुटवलदेखि गुल्मीको शान्तिपुर तर्फ आउँदै गरेको लु १ ज १४२८ नम्बरको जिप पाल्पामा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य ११ जना घाइते भएका छन् । दुर्घटनामा रुपन्देहीको सैनामैना बस्ने ५५ वर्षीय धनकलि विक मृत्यु भएको हो । रिडीको नजिकै कमलपोखरीम…

पाल्पा, फाल्गुण २१ । बुटवलदेखि गुल्मीको शान्तिपुर तर्फ आउँदै गरेको लु १ ज १४२८ नम्बरको जिप पाल्पामा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य ११ जना घाइते भएका छन् । दुर्घटनामा रुपन्देहीको सैनामैना बस्ने ५५ वर्षीय धनकलि विक मृत्यु भएको हो । रिडीको नजिकै कमलपोखरीमा उक्त जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा ११ जना घाइते भएपनि ६ जनाको अवस्था मध्यम रहेको छ । अन्य ५ जना सामान्य घाइते भएका छन् ।घाइतेहरुको लुम्बिनी मेडिकल कलेज प्रभाव पाल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।