सागर भण्डारी,बाग्लुङ्ग १६ चैत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ को सक्रंमण नेपालमा पनि देखिएसगैं कोरोना प्रभावलाई मध्यनजर गदै बडिगाड गाउँपालिका वडा न. ६ वडा कार्यालय बाग्लुङ्गले विपत व्यवस्थापन कोषको निर्माण गरेको छ ।
कोरोना भाइरसलाई मध्यनगर गदै बडिगाड गाँउपालिका वडा नं. ६ ले पनि कोभिड १९ को कोरोना भाइरसलाई मध्यनजर गदै यस बाट हुने सम्भावित जोखिमलाई ध्यानमा राखेर विपदको बेला आर्थिक अभाव सिर्जना नहोस भन्ने हेतुले वडा कार्यालयमा राहत कोषको स्थापना गरिएको वडाअध्यक्ष मौषमकाजी क्षेत्रीले जानकारी दिनुभयो । कोभिड १९ को कोरोना भाइरसका बारेमा गाँउ टोलहरु तथा आम सर्वसाधारणहरुमा सामाजिक सञ्जाल मिडिया मार्फत चेतनामुलक सन्देश जारी गरिएको वडाअध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो ।
बिशेषगरि कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राखेर नेपाल सरकारले जारी गरेको लकडाउनको पूर्ण रुपमा पालना गर्दै होम क्वारेन्टाइनमै बस्न उहाँले आग्रह गर्नुभयो । वडाभित्र भारत लगायतका अन्य तेस्रो मुलक एवम् वाहिरबाट आउने व्यक्तिलाई आ–आफ्ना गाँउ टोलमा विशेष निगरानी गरेर उनीहरुलाई १४ दिनसम्म अनिवार्य रुपमा क्वारेन्टाइनमै राख्ने व्यवस्था मिलाउन वडा सबै टोल विकास मार्फत पहल भइरहेको उहाँको भनाई छ ।
साथै वडा कार्यालयले गरिव एवं विपन्न परिवारलाई खाद्यान्न सामग्रीहरु र राहत उपलब्ध गराउने उद्देश्यले वडाका सबै टोल विकास प्रमुख मार्फत राहत कोषको खडा गरिएको र हाल रु.१६ हजार बोल रकम भएकोे वडाअध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो ।बडिगाड ६ वडाकार्यालयद्धारा कोरोना विपत व्यवस्थापन कोष निर्माण
सागर भण्डारी,बाग्लुङ्ग १६ चैत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ को सक्रंमण नेपालमा पनि देखिएसगैं कोरोना प्रभावलाई मध्यनजर गदै बडिगाड गाउँपालिका वडा न. ६ वडा कार्यालय बाग्लुङ्गले विपत व्यवस्थापन कोषको निर्माण गरेको छ । कोरोना भाइरसलाई मध्यनगर गदै बडिगाड ग…
सागर भण्डारी,बाग्लुङ्ग १६ चैत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ को सक्रंमण नेपालमा पनि देखिएसगैं कोरोना प्रभावलाई मध्यनजर गदै बडिगाड गाउँपालिका वडा न. ६ वडा कार्यालय बाग्लुङ्गले विपत व्यवस्थापन कोषको निर्माण गरेको छ ।
कोरोना भाइरसलाई मध्यनगर गदै बडिगाड गाँउपालिका वडा नं. ६ ले पनि कोभिड १९ को कोरोना भाइरसलाई मध्यनजर गदै यस बाट हुने सम्भावित जोखिमलाई ध्यानमा राखेर विपदको बेला आर्थिक अभाव सिर्जना नहोस भन्ने हेतुले वडा कार्यालयमा राहत कोषको स्थापना गरिएको वडाअध्यक्ष मौषमकाजी क्षेत्रीले जानकारी दिनुभयो । कोभिड १९ को कोरोना भाइरसका बारेमा गाँउ टोलहरु तथा आम सर्वसाधारणहरुमा सामाजिक सञ्जाल मिडिया मार्फत चेतनामुलक सन्देश जारी गरिएको वडाअध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो ।
बिशेषगरि कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राखेर नेपाल सरकारले जारी गरेको लकडाउनको पूर्ण रुपमा पालना गर्दै होम क्वारेन्टाइनमै बस्न उहाँले आग्रह गर्नुभयो । वडाभित्र भारत लगायतका अन्य तेस्रो मुलक एवम् वाहिरबाट आउने व्यक्तिलाई आ–आफ्ना गाँउ टोलमा विशेष निगरानी गरेर उनीहरुलाई १४ दिनसम्म अनिवार्य रुपमा क्वारेन्टाइनमै राख्ने व्यवस्था मिलाउन वडा सबै टोल विकास मार्फत पहल भइरहेको उहाँको भनाई छ ।
साथै वडा कार्यालयले गरिव एवं विपन्न परिवारलाई खाद्यान्न सामग्रीहरु र राहत उपलब्ध गराउने उद्देश्यले वडाका सबै टोल विकास प्रमुख मार्फत राहत कोषको खडा गरिएको र हाल रु.१६ हजार बोल रकम भएकोे वडाअध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो ।