बडीगाड ७ का अध्यक्ष गुरुङ विपन्न परिवारमा राहत बोकेर आफै पुगे

सागर भण्डारी,चैत्र १६ बाग्लुङ । बडीगाड गाउँपालिकाको वडा नं ७ वडा कार्यालय स्थापना गरेको कोरोना विपद कोष मार्फत वडा भित्र रहेका अतिविपन्न दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गरिरहेका परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ । वडा भित्र रहेका विपन्न, गरिव तथा ज्याला मजदुरी गरे…

सागर भण्डारी,चैत्र १६ बाग्लुङ । बडीगाड गाउँपालिकाको वडा नं ७ वडा कार्यालय स्थापना गरेको कोरोना विपद कोष मार्फत वडा भित्र रहेका अतिविपन्न दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गरिरहेका परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ । वडा भित्र रहेका विपन्न, गरिव तथा ज्याला मजदुरी गरेर जीवन निर्वाह गरेको घर परिवारको घर घरमै पुगी वडा अध्यक्ष कृष्ण गुरुङले खाद्यान्न समाग्री वितरण गर्नुभएको छ । यो विपदको घडीमा कोरोना सगैं नेपाल सरकारले जारी गरेको लकडाउनका कारण समस्यामा परेका घरपरिवारलाई प्रती घर परिवार ३० के.जी चामल, १ पोका तेल, १ के.जी दाल १ पोका नुन र १ वटा सावुन लगायतका अत्यावश्यकीय सामाग्री वितरण गरिएको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो । पहिलो दिन शनिवार २७ घर परिवारलाई राहात वितरण गरिएको छ । राहात सामाग्री सगैं वडाध्यक्षको टोलिले वडा भित्र चेतनामुलक कार्यक्रम समेत संचालन गर्ने गरेको छ । गुरुङले कोरोनाले बिश्वब्यापी रुपमा निम्त्याएको यस विषम परिस्थितिमा वडा नं ७ पनि सम्भावित जोखिममा रहेको भन्दै यो अभियानको थालनि गरेको बताउनुभयो । राहात सामाग्री वितरण गर्दै अध्यक्ष गुरुङले राहात काषमा सहयोग गर्ने सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । उक्त अवसरमा उहाँले वडा भित्र क्वारेन्टाइनको समेत व्यवस्था गरिएको हुनाले सम्भावित जोखिममा रहेका मानिसहरुलाई क्वारेन्टाइनमा बस्न समेत अनुरोध गर्दै क्वारेन्टाइनमा बस्दा लाग्ने सम्पूर्ण खर्च वडा कार्यालयले व्यहोर्ने समेत बताउनु भएको थियो । वडा भित्र चैत्र १ गते देखि हाल सम्म विभिन्न देशबाट ११ जना वडामा भित्रिएको र उनीहरुलाई वडा कार्यालय मार्फत विशेष निगरानी गरिएको बताउँदै अब जो कोहि विदेशबाट आएको खण्डमा सिधै क्वारेन्टाइनमा राख्ने समेत बताउनुभयो । नेपाल सरकारले लगडाउनको समयाअबधि बढाउने तयारि गरिरहेकोले तपाईं सबैले लगडाउनको नियमको पालना गर्नुपर्ने भन्दै उहाँले वडा भित्र कोहि कसैलाई समस्या परेमा साथै खान नपाउने अबस्था आएमा वडा कार्यालयमा सम्पर्क गर्न पनि आग्रह गर्नुभयो । राहात वितरण कार्यक्रममा अध्यक्ष गुरुङ संगै वडा सदस्यहरु दिपेन्द्र के.सी र मीन कुमारी माझि साथै ईलाका प्रहरी कार्यालयका प्रतिनिधि हवल्दार नवराज ढकालको समेत उपस्थिति रहेको थियो ।