बडिगाड गाउँपालिकाले स्वास्थ्य चौकीलाई दियो पिपिई, स्वास्थ्य कर्मि खुसि

कमल पौडेल २० चैत्र, बागलुङ । बडिगाड गाउँपालिकाले पालिका भित्रका सवै स्वास्थ्य संस्था, एम्बुलेन्स, प्रहरी चौकीमा व्यक्तिगत सुरक्षा सामाग्रि (Personal Protective Equipment -PPE) गाउन सहित आवश्यक सामाग्रि वितरण गरेको छ। विहिवार प्रत्येक स्वास्थ्य चौकीमा पुगी गाउँपालिका अध्यक्ष मेहरस…

कमल पौडेल २० चैत्र, बागलुङ । बडिगाड गाउँपालिकाले पालिका भित्रका सवै स्वास्थ्य संस्था, एम्बुलेन्स, प्रहरी चौकीमा व्यक्तिगत सुरक्षा सामाग्रि (Personal Protective Equipment -PPE) गाउन सहित आवश्यक सामाग्रि वितरण गरेको छ। विहिवार प्रत्येक स्वास्थ्य चौकीमा पुगी गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजा, स्वास्थ्य शाखा प्रमुख निरञ्जन यादव सहितको टोलीले प्रत्येक १ स्वास्थ्य संस्थाको लागी ३/३ थान पिपिइ, ५/५ थान सेनिटाइजर, आवश्यक ग्लोब्स, मास्क सहितका सामाग्रि हस्तान्तरण गरेको हो। त्यस्तै बडिगाड गाउँपालिका भित्रका एम्बुलेन्स चालकलाई १/१ थान र प्रहरी चौकीलाई १/१ थान पिपिई तथा सेनिटाइजर वितरण गरिएको छ भने केहि थान पिपिइ गाउँपालिकामा स्टक समेत राखिएको स्वास्थ्य शाखा प्रमुख निरन्जन यादवले जानकारी दिनुभएको छ। स्वास्थ्य सामाग्रि वितरण संगै स्वास्थ्यकर्मिलाई काम गर्न सहज हुने स्वास्थ्य शाखा प्रमुख निरञ्जन यादवले बताउनु भएको छ। यो राष्ट्रिय संकटको बेला भएको भन्दै गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले आफू सुरक्षित हुँदै उत्साहका साथ काम गर्न स्वास्थ्यकर्मिहरुलाई आग्रह गर्नुभएको छ। अत्यन्त पिडामा रहेको स्थानमा राहत पनि वितरण गरिएको र अन्य स्थानमा १/२ दिन भित्र राहात वितरण गर्ने पालिका अध्यक्ष पाइजाले जानकारी दिनुभएको छ । पाइजाले घरमा खानेकुरा हुँदा हुँदै राहात सामाग्रि नखोज्न आग्रह गर्दै साँच्चिकै पिडामा परेका कोहि नछुट्नको लागि आफूहरु सचेतता पूर्वक लागेको बताउनु भएको छ। बडिगाड गाउँपालिकाले जिल्ला समन्वय समितिको भवनमा १० वेडसहित क्वारेन्टाइन स्थल निर्माण गरेको छ भने वडाहरुको समन्वयमा प्रत्येक वडामा क्वारेन्टाइन स्थलहरु तयार भएका छन् । बडिगाड गाउँपालिकामा भारत लगाएत विभिन्न देशवाट आएका १ सय ५० भन्दा वढि व्यक्तिलाई होम क्वारेन्टाइनमा राखिएको छ।