[caption id="attachment_2802" align="alignnone" width="750"]
फाईल फोटो[/caption]
कमल पौडेल २० चैत्र, बागलुङ। बडिगाड गाउँपालिका वडा नं २ दनियामा एक व्यक्तिले घरायसी झगडामा आफ्नै श्रीमतिलाई हँसिया प्रहार गरि घाइते बनाएका छन्।
वर्ष ५० का चुरा बहादुर रानाले ४१ वर्षिया श्रीमति रेवती रानालाई घाइते बनाएका हुन्। घाइते रेवतिको अनुहारमा चोट लागेको तथा स्थानिय मेडिकलमा उपचार पछि घर फर्किएको मेडिकलले जनाएको छ।
विहान ७ बजेको समयमा भएको घटना लगत्तै सुचनाको आधारमा प्रहरीले तत्कालै चुरा बहादुरलाई पक्राउ गरेको थियो। तर दिउसो आगामी दिनमा झगडा नगर्ने गरि मिलापत्र भएकोले दुवैजनालाई घर पठाएको प्रहरीस्रोतले जनाएको छ।