धापासीस्थित एक घरमा भीषण आगलागी

टोखा नगरपालिका वडा नं. ६ धापासीको शिव मन्दिर हाईटस्थित एक घरमा भीषण आगलागी भएको छ। त्यहाँस्थित भाईकाजी श्रेष्ठको साढे तीन तलाको घरमा बुधबार साँझ ५ बजेतिर आगलागी हुँदा घर पूर्णरुपमा जलेर नष्ट भएको टोखा–६ का वडाअध्यक्ष शान्ता पौडेलले जानकारी दिइन्। साँझ ५ बजेको समयमा ग्यास लिक हुँद…

टोखा नगरपालिका वडा नं. ६ धापासीको शिव मन्दिर हाईटस्थित एक घरमा भीषण आगलागी भएको छ। त्यहाँस्थित भाईकाजी श्रेष्ठको साढे तीन तलाको घरमा बुधबार साँझ ५ बजेतिर आगलागी हुँदा घर पूर्णरुपमा जलेर नष्ट भएको टोखा–६ का वडाअध्यक्ष शान्ता पौडेलले जानकारी दिइन्।

साँझ ५ बजेको समयमा ग्यास लिक हुँदा आगलागी भएको थियो। ठूलो कम्पाउण्डमा घर भएको कारण अन्य घरमा भने क्षति नपुगेको वडाध्यक्ष पौडेलले बताइन्।

आगलागी भए लगत्तै खबर गरेपछि प्रहरी परिचालन गरिएको थियो। काठमाडौँ, भक्तपुर र ललितपुरको दमकल र नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।