पारिवारिक विवादपछि महिलाद्वारा आत्मदाह प्रयास

काठमाडौं १६ बालाजुकी बिना श्रेष्ठले पेट्रोल छर्केर आफ्नै शरिरमा आगो लगाएकी छन्। घाइते उनको पिपल्स अस्पतालमा उपचार भैरहेको छ। घटना आइतबार रातीको हो। बालाजुस्थित जागृती टोल बस्ने ४५ वर्षीया श्रेष्ठले आफ्नो शरीरमा आफैं आगो लगाएको र अहिले उपचार जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौं…

काठमाडौं १६ बालाजुकी बिना श्रेष्ठले पेट्रोल छर्केर आफ्नै शरिरमा आगो लगाएकी छन्। घाइते उनको पिपल्स अस्पतालमा उपचार भैरहेको छ।

घटना आइतबार रातीको हो।

बालाजुस्थित जागृती टोल बस्ने ४५ वर्षीया श्रेष्ठले आफ्नो शरीरमा आफैं आगो लगाएको र अहिले उपचार जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पतिसँग विवाद भएपछि श्रेष्ठले पट्रोल छर्केर आगो लगाएको पाइएको छ।

उनको पेट, छाती र वाँया हात गरी करिब २५ प्रतिशत भाग जलेको चिकित्सकको भनाइ छ।