बागलुङको बडिगाड गाउँपालिकामा युवापुस्ताले "Gen Z" समूह गठन गरेका छन् ।
समूहले पालिकाका प्रत्येक गतिविधिमा निगरानी गर्ने र कुनै पनि गलत कार्य वा अनियमितता देखिए तत्काल सार्वजनिकरूपमा प्रतिवाद गर्ने जनाएको छ ।
समूहले गाउँपालिकामा हुने निर्णय, कार्यक्रम र खर्चसहित हरेक गतिविधिलाई नजिकबाट हेर्ने र कुनै गल्ती वा अनियमितता भेटिए तत्काल आवाज उठाउने चेतावनी दिएको छ।
युवाहरुले यो पहललाई पारदर्शिता र जवाफदेहिताको अभियानका रूपमा अघि बढाउने बताएका छन्। साथै, अन्य गाउँपालिका र नगरपालिकामा पनि यस्तै समूह बनाएर निगरानी अभियान विस्तार गर्नुपर्ने आह्वान गरेका छन्।